|

शरीरलाई स्वस्थ राख्न खानेकुराको मात्र घटाउनुको सट्टा खानामा विविधता बढाउनु अधिक उपयुक्त हुने एक अध्ययनले देखाएको छ। विविधतायुक्त खानाले शरीरमा हुने जिवाणुको व्यवहारमा पनि विविधता ल्याउने भएकाले त्यस्तो खाना स्वास्थको लागि लाभदायक हुने देखिएको हो।

एकनासको खाना खाने र विविधतापूर्ण खाना खाने मानिसहरूको समूहबीच गरिएको तुलनात्मक अध्ययनले फरक–फरक किसिमको खाना खाने मान्छे तन्दरुस्त हुने गरेको पाइयो।

'हामीलाई भन्दा हाम्रो पेटमा हुने जिवाणुहरूलाई २० गुना विविधतायुक्त खाना चाहिन्छ', अमेरिकाको जेनोम विज्ञान केन्द्रले गरेको अध्ययनमा भनिएको छ,'एकनासको खाना खाइए जिवाणुहरूमाथि दबाब पर्छ र त्यसको प्रतिकूल असर हाम्रो स्वास्थ्यमा पर्न जान्छ।'

एकनासको खाना खाने मान्छेको शरीर मोटो हुने पनि अध्ययनले देखाएको छ। जिवाणुहरुलाई खुसी पार्न फाइवरयुक्त खाना खानु राम्रो हुने शोधकर्ताहरूको सुझाव छ। उनीहरूले फलफूलको मात्रा बढाउन र प्रशोधित खाना कम  खान पनि सुझाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.