|
अमेरिकी राष्ट्रपति ट्रम्प र ईरानी राष्ट्रपति रूहानी

अमेरिका र इरानबीच केही दिनयता तनाव लगातार बढ्दै गइरहेको छ। अमेरिकाले मध्य-पूर्वमा सेना र सैन्य सामग्री तैनाथ गरेको छ। जुन इरानमाथिको सम्भावित हमलाको लागि भएको अड्कल काट्न थालिएको छ।

अमेरिकाले इराकमा रहेका आफ्ना कुटनीतिक कर्मचारीको संख्यामा पनि भारी कटौती गरेको छ। इराक र इरान छिमेकी देश हुन्।

यता इरानले आफूलाई परमाणू सम्झौताबाट आंशिक रूपमा अलग गरेको छ। साथै अमेरिकासँग परमाणु हतियारबारे कुनै पनि तहमा वार्ता नगर्ने पनि घोषणा गरेको छ।

पछिल्लो समय प्रष्ट हुँदै गइरहेको छ कि सधैँ युद्धको अवस्थामा रहने मध्य-पूर्वमाथि अब अमेरिका र इरानबीच हुने सम्भावित युद्धको बाल मण्डराउन थालेको छ।

यस्तो अवस्थामा प्रश्न उठ्छ, यदि यी यी दुई देश युद्धमा होमिए परिणाम के होला? र, संसारको सबैभन्दा शक्तिशाली देश मानिने अमेरिकाका लागि इरान युद्ध कति मुस्किल होला?

यी प्रश्नका जवाफका लागि मध्य-पूर्वमा यसपहिले भएका युद्धको विश्लेषण गर्नुपर्ने हुन्छ। यसपहिले इरान र इराक, मध्य-पूर्वका दुई शक्तिशाली देश युद्धको मैदानमा भिडिसकेका छन्।

इरान-इराक युद्ध र अमेरिका

सन् १०८० सेप्टेम्बर २२ मा संसारभर यो समाचार फैलियो कि इराकका शासक सद्दाम हुसेनले इराक-इरान सीमा नजिकै हवाई हमला गरेका गरेका छन्। जसमा ठूलो परिमाणमा विस्फोट पदार्थ खसालिएको छ।

त्यतिबेला सद्दाम हुसेनको अनुमान थियो कि फेब्रुअरी १९७९ मा आन्तरिक राजनीतिक कलहमा फसेको इरान कमजोर भइसकेको छ। र, यो नै पूर्वी सीमामा रहेको विवादित इलाकामा कब्जा गर्ने उत्तम मौका हो।

तेलको भण्डार मानिएका यी दुई देशबीच सताब्दियौँदखि सीमा विवाद रहँदै आएको छ। सद्दामको यो हमलापछि इरानले पनि जवाफ दिएको थियो।

१९८० देखि १९८८ सम्म यी दुई देशबीच भएको युद्धमा लाखौँ मानिसले ज्यान गुमाए। केही विश्लेषकहरूले भने यो युद्धलाई तेस्रो विश्वयुद्धको संज्ञा समेत दिएका थिए।

इरानका हालका सर्वोच्च नेता अयोतोल्लाह अली खुमेनीले इरानमाथि हमला गर्नका लागि अमेरिकाले सद्दामलाई अनुमती दिएको बताउँदै आएका छन। इरान र इराकबीचको विवादमा अमेरिले सधैँ षडयन्त्रपूर्ण नजरले हेरिरहने गरेको खुमेनीको धारणा छ।

इरान-इराक युद्धका क्रममा इराकी सेना

इस्लामि क्रान्तिको फैलावट

इरानका सर्वोच्च नेता अयोतोल्लाह अली खुमेनीले इस्लामिक क्रान्तिलाई इरानसम्म मात्रै सीमित रहन दिएनन्। उनले इराकका व्यक्तिहरूबीच पनि फैलाएका थिए। उनले इराकका नागरिकलाई इस्लामविरुद्ध उभिने व्यक्तिको विरुद्धमा लड्न आह्वान गरेका थिए। उनले 'क्रान्ति फैलाऊ'को नारा व्यापक बनाएका थिए।

आधुनिक इरानको राजनीतिक र सैन्य नेतृत्वले इरान-इराक युद्धमा नाम कमाए, चर्चा कमाएका थिए। त्यस्तै मध्येका एक हुन् मेजर जनरल कासिम मुलेमानी। मुलेमानी अहिले इस्लामिक रिभोल्युसनरी गार्ड कोर्ष-क्वाड फोर्सका कमाण्डर छन्। इरान-इराक युद्धमा प्रतिवद्धता र वीरताका लागि उनलाई उदाहरणीय मानिन्छ।

त्यस्तै, हालका इरानी राष्ट्रपति हसन रूहानीका लागि पनि यो कुरा सत्य हो कि उनी इरान-इराक युद्धका बेला दर्दनाक घटनाका प्रत्यक्षदर्शी रहेका थिए।

इरानका अधिकारीहरूका लागि इराकसँग भएको युद्धको याद अहिले पनि ताजा छ। उनीहरू अहिले पनि उक्त युद्धलाई कुराकानीका क्रममा सन्दर्भ सामाग्रीका रूपमा प्रयोग गर्छन्।

यो युद्धलाई गहिरोसँग विश्लेषण गर्ने हो भने इरानले ठूलो मानवीय क्षति बेहोर्नुपरेको थियो। इरानको ठूलो जनसंख्या युद्धको शिकार भएको थियो।

यो मानवीय क्षतिलाई वर्तमान इरानी नेताहरू ज्यानको आहुती दिने कुरा उनीहरूको रगतमा भएको सन्देश दिनका लागि प्रयोग गर्छन्।

इरानका सर्वोच्च नेता अयोतोल्लाह अली खुमेनी

युद्धबाट इरानलाई मिलेको पाठ

इरान-इराक युद्धबाट इरानलाई धेरै सिक्ने मौका मिल्यो। इरानलाई यो युद्धपछि सेनामा रहेको कमजोरी पत्ता लगाउने मौका मिल्यो। नेतृत्व क्षमतामा रहेको कमजोर र युद्धको बेलामा नारिक र सेनाबीच देखिने तनावबाट मुक्तिका लागि तरिका पनि पत्ता लगायो।

इरानलाई थाहा भयो कि युद्ध लामो समयसम्म चल्दा इराकका रासायनिक हतियार, मिसाइलबाट सम्पन्न सुपर जेट र युद्धक विमान फारस तथा खाडी मुलुकमा डेरा जमाएको अमेरिकी जलसेनासँग युद्ध गर्नु सजिलो हुने छैन।

यो युद्धमा इराकले मात्रै इरानलाई जवाफ दियो भन्ने कुरा आधा मात्रै विश्लेषण हुनेछ। यो युद्धमा इरानले पनि आफ्ना दुष्मनहरूमा डर पैदा गराउन सफलता पायो। इरानले दुष्मनलाई कहिल्यै पनि उसको जमिनमा दोस्रोपटक हमला गर्ने कोषिष गर्न पनि नसक्ने गरी डर पैदा गरेको थियो।

इराकसँगको युद्धपछि इरानले आफ्नो सैन्य शक्तिमा व्यापक परिवर्तन गरेको थियो। उसदे सेनालाई आधुनिक हतियार दियो। संयुक्त राष्ट्रसंघको एक संस्थाले जारी गरेको एक तथ्यांकअनुसार युद्धका बेला सद्दाम हुसेनले करिब ६३ प्रतिशत माइल इरानमाथि फालेका थिए।

इरानसँग युद्ध कति मुस्किल?

सन् २००३ मा अमेरिकाले सद्दाम हुसेनलाई सत्ताच्यूत गरेका थिए। साथै इराकमाथि सैन्य हमला पनि भएको थियो। त्यो बेला अमेरिकाको राष्ट्रपति जर्ज डब्ल्यू बुस थिए।

उक्त युद्ध गरेकोमा बुसले आत्मआलोचना गरिसकेका छन। बुसको आत्मआलोचनाको कारण अमेरिकाले अहिलेसम्म पनि उक्त युद्ध नबिर्सिनुको परिणाम हो।

वर्तमान अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन इरानसँग युद्धमा जाने कोशिश गर्छन् भने अमेरिकालाई ठूलो नोक्सान हुने अनुमान लगाउन थालिएको छ।

ट्रम्पले सिरिया र अफगानिस्तानबाट सेना फिर्ता बोलाउने निर्णय गरिसकेका छन। यस्तो अवस्थामा इरानमाथि जवाफी हमला गरिरहेका छन। तर, युद्धको वास्तविक चुनौती र परिणाम ट्रम्पलाई जरुर होला।

अमेरिकाले खाडीमा तैनाथ गरेका विमानवाहक युद्ध पोत

यस्तो अवस्थामा इरानसँग युद्धमा अमेरिका गयो भने सबैभन्दा पहिले उसको साथमा अन्य देश हुने छैनन्। अमेरिकासँग इजरायल र खाडीका केही देशभन्दा अन्य सहयोगी हुने छैनन्।

यतिमात्रै होइन ट्रम्प प्रशासन युद्धका मामिलामा देशभित्र नै अलगथलग हुनुपर्ने छ। ट्रम्प प्रशासनमा यस्तो कुनै पनि व्यक्ति छैन जसलाई पार्टी बाहिरका मान्छेले पनि स्वीकार गर्न सकुन्।

अमेरिकाले जब परमाणु सम्झौता तोडेको थियो त्यतिबेला इरानले युरोपतिर ढल्किएको थियो। इरानले परमाणु सम्झौता अन्त्य नहोस् भनेर प्रयास गरेको थियो। युरोपियन युनियनका अधिकारीहरूले आफ्ना कम्पनीहरूलाई इरानसँग व्यापार र लगानी गर्न प्रोत्साहित गरिरहे। युरोपियन देशका सरकारहरूले इरानसँग तेल लागयत कयौँ सामग्रीमा छुटको माग गरेका थिए। साथै उनीहरूले अमिरकासँग पनि आग्रह गरेका थिए कि इरानसँग व्यापार गर्न दिन आग्रह गरेका थिए।

युद्ध टाउकोमा मण्डराइरहेको अवस्थामा इरानले भनिसकेको छ- ट्रम्प प्रशासन खतरानाक खेल खेलिरहेको छ। 

बीबीसीबाट साभार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.