काठमाडौं : चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा मूल्यवृद्धिदर ४ दशमलव चार प्रतिशत कायम देखिएको छ। सरकारले चालू आर्थिक वर्षमा ६.५ प्रतिशतमा वृद्विदर नियन्त्रण गर्ने लक्ष्य लिएकोमा नौ महिनाको अवधिमा ४.४ प्रतिशत देखिएको हो। यो मूल्य वृद्धिदर गत वर्षको सोही अववधिको तुलनामा कमी देखिएको छ। अघिल्लो वर्ष यस्तो वृद्धिदर ५.३ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक परिदृश्यअनुसार नौ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति २.८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा उक्त समूहको मुद्रास्फिति ४.७ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फिति ५.७ प्रतिशत रहेको छ।
राष्ट्र बैंकले २०७५ चैत महिनामा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकांक ९.६ प्रतिशतले वृद्धि भएको जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकांक ६.८ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा तलब सूचकांक ६.६ प्रतिशत र ज्यालादर सूचकांक १०.५ प्रतिशतले वृद्धि भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।