साढे छ खर्बको रेमिट्यान्स

|

काठमाडौं : गत वर्ष ५.६ प्रतिशतको मात्रै सामान्य वृद्धिदर देखिएको विप्रेषण आप्रवाह चालू आर्थिक वर्षमा २०.९ प्रतिशतको वृद्धिदर कायम भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिअनुसार चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा छ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ विप्रषेण आप्रवाह भएको छ।

गत वर्षको यही अवधिमा आप्रवाह भएको रकमको तुलनामा एक खर्ब १२ अर्ब ८१ लाख रुपैयाँ रकम आप्रवाह बढेको छ। गत वर्षको नौ महिनाको अवधिमा पाँच खर्ब ४० अर्ब ३८ करोड रुपैयाँ रकम आप्रवाह भएको थियो।

रकम बढे श्रमको लागि वैधानिक बाटोबाट विदेश जनाको संख्या उल्लेख्य घटेको पाइएको छ। नौ महिनाको अवधिमा संस्थागत तथा व्यक्तिगत अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३९.९ प्रतिशतले घटेको छ। गत वर्षमा पनि विदेश जानेको संख्या गिर्दो देखिए पनि दर ६.८ प्रतिशत मात्रै रहेको थियो। 

विदेश जानेको संख्या घटेर पनि उल्लेख्य रूपमा विप्रेषण बढेर पनि शोधानान्तर (देशभित्र आउने र  बाहिरिने रकम अन्तर) घाटा पूर्ति हुन सकेको छैन। नौ महिनाको अवधिमा यस्तो शोधानान्तर घाटा ६४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा १४ अर्ब ६० करोड रुपैयाँको  शोधानान्तर घाटामा रहेको थियो। 

फागुनको तुलनामा मंसिर महिनादेखि बढ्दो शोधानान्तर घाटामा 'ब्रेक' लागेकोमा फागुन महिना सम्मको तुलनामा चैतमा भने शोधनान्तर घाटा बढेको छ। फागुनमसान्तसम्म ५८ अर्ब ९१ करोड यस्तो घाटा रहेकोमा एक महिानको अवधिमा नै पाँच अर्ब ७७ करोड रुपैयाँ पुगेको हो। 

विप्रषेण, एफडीआई, निर्यात लगायतले शोधानान्तर बचत हुने गरे पनि एफडीआई, निर्यात व्यापार बढ्न नसक्नु र आयात व्यापार उच्च दरमा बढेको कारण शोधानान्तर निरन्तर घाटामा देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.