|

रफाईल नाडालले यस वर्षको इटालियन ओपन टेनिसको उपाधि जितेका छन्।

आइतबार भएको फाइनलमा विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचलाई हराउँदै नाडालले उपाधि जितेका हुन्। रोममा भएको खेलमा नाडाल ६–०, ४–६ र ६–१ को सेटमा विजयी भए। नाडालको यो उपाधि क्ले कार्टमा वर्षको पहिलो उपाधि हो। रोममा नवौं पटक च्याम्पियन बनेका उनले समग्रमा ३४ औं मास्टर्स उपाधि जितेका हुन्।

उपाधिसँगै नाडालले आसन्न फ्रेन्च ओपन टेनिसको लागि बलियो दावेदारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.