प्रिमियर लिग च्याम्पियन इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीको च्याम्पियन्स लिग यात्रालाई लिएर अहिले संशय व्यक्त गर्न थालिएको छ। सिटीविरुद्ध युएफा (युरोपियन फुटबल महासंघ) ले वित्तीय अनुशासनको नियम तोडेको आरोपमा दोषी पाएको भन्दै सिटीलाई एक सिजन च्याम्पियन्स लिग खेल्न नदिने कारबाही हुनसक्ने इंग्लिस मिडियाहरूको दाबी छ।
सिटीले स्पोन्सरसिप डील बढाएर देखाएको आरोपमा उसलाई च्याम्पियन्स लिगको एक सिजन कारबाहीस्वरूप खेल्न नदिने निर्णयमा सिटी पुगेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार जाँच कमीटीले च्याम्पियन्स लिगमा सिटीलाई एक वर्षको प्रतिबन्ध सहित रिपोर्ट बुझाउने तयारी गरेको छ।
बेल्जियमका पूर्व प्रधानमन्त्री येवेस लित्रेमेलाई जाँच कमिटीको अध्यक्ष बनाइएको छ। जाँच कमिटीका सदस्यहरूले दुई हप्ता अघिनै बैठक बसेर सिटीमाथिको आरोपका विषयमा छानबिन सुरु गरेका थिए। उनीहरूले सिटीमाथिको आरोपलाई गम्भीर र सूक्ष्म तरिकाले आँकलन गरेको जनाइएको छ। सिटीले पछिल्लो आठ वर्षमा चार ईपीएल उपाधि आफ्नो पक्षमा पारेको छ।
यदि सिटीमाथि प्रतिबन्ध भए उसले कोर्ट अफ एट्रिब्युसनमा अपिलको अबसर पाउने छ। यस्तोमा निर्णय आउन ढिला हुने भएकाले सिटीले २०२०–२१ को सिजनका लागि मात्र प्रतिबन्धमा पर्ने खतरा हुने छ। इंग्लिस क्लब सिटीका अध्यक्ष खालदुन अल मुबारक रहेका छन् भने टीमको मालिक शेख मंसूर बिन जाएद अल नाहयान छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।