नवलपरासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा रहेको बागमती खाडसारी चिनी मिल्स प्रालिमा किसानले तालाबन्दी गरेका छन्। किसानको भुक्तानी नदिएको र मिल संचालनको क्रममा निस्किएको फोहोर ब्यवस्थापन नगर्दा गाउनै दुर्गन्धित भएको भन्दै किसानको समूहले मिलको मुख्य गेटमा तालाबन्दी गरेका हुन।
गतसाल देखिको भुक्तानी नपाएको र यसपटकको उखुको पनि भुक्तानी किसानलाई नदिने तर चिनी, मोलासिस बिक्री गरी रहेकोले किसानको रकम मिलले भुक्तानी नगरी आलटाल गर्ने गरेकाले बाध्य भएर तालाबन्दी गर्नु परेको उखु किसान सन्तोष पाठकले बताए। अहिले चिनीमिलमा उखु पेल्ने क्रममा निस्किएको मोलासिस खरिद गर्न भारतबाट दर्जनौं ट्यांकर मिल परिसरमा आएर रोकिएका छन्।
किसानले मिलले भुक्तानी नगरेसम्म कुनै पनि हालतमा ताला नखोल्ने र चिनी लयातका मिलबाट उत्पादित कुनै पनि चिज बाहिर बिक्री गर्न नदिने बताएका छन्।किसानको आन्दोलनलाई बेवास्ता गरी भुक्तानीमा ढिलाई गरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको मिल संचालकहरू स्वयं जिम्मेवार हुनुपर्ने किसानको चेतावनी रहेको छ।
यसपटक मिलले किसानबाट झन्डै ७ लाख ११ हजार क्विन्टल उखु उदारोमा उठाएको छ। सरकारले तोकेको प्रतिक्न्टिल उखुको मूल्य ५३६ रुपैयाँमा अनुदान रकम ६५ रुपैयाँ २० पैसा घटाएर बाँकी ४७० रुपैयाँ ८० पैसा का दर ले मिलले किसानलाई भुक्तानी गर्नुपर्ने रकम करिव ३३ करोड ४७ लाख ३८ हजार हुन आउछ।
नवलपरासीमा प्रतापपुर गाउँपालिकामा रहेको इन्दिरा सुगर मिलले समेत गत वर्षको करिव ५ करोड रकम किसानलाई भुक्तानी गर्न बाँकी रहेको छ भने यस वर्षको रकम समेत भुक्तानीका लागि कुनै प्रक्रिया सुरु गरेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।