|

काठमाडौं : नेपाल राष्ट्र बैंकले पे-मन्ट सिस्टममा आवद्ध भएका संस्थाहरूलाई सचेत गराएको छ। राष्ट्र बैंकबाट स्वीकृति नलिएकाबाट पनि यस्तो कारोबार भएको आशंकामा राष्ट्र बैंकले सचेत गराएको हो। स्वीकृति पाएका बाहेक अन्य विदेशी पेमेन्ट सिस्टमको प्रयोग गैरकानुनी हुने भन्दै कारवाहीको चेतावनी दिएको छ।

‘विदेशी पे-मेन्ट सिस्टमसँग प्रत्यक्ष आवद्ध जनसुकै सिस्टमको प्रयोग यस बैंकको स्वीकृति प्राप्‍त संस्था बाहेक गैरकानुनी हुनेछ’ राष्ट्र बैंकले निकालेको सूचनामा भनिएको छ ‘यस्तो कारोबारले विदेशी विनीमयको अपचलन हुनेभ एकोले नेपालभित्र कसैले त्यस्तो कारोबार गरेको पाइएमा विदेशी विनीमय नियमित गर्ने ऐनअनुसार कारवाही हुनेछ।’

राष्ट्र बैंकले क्यूआर कोड, पिओएस मेसिन वा अन्य पेमेन्ट सिस्टम विच्याट, अलि—पे  लगायतमा नाम तोकेर नै यसकोप्रयोग बैंकको स्वीकृतिप्राप्त संस्थाबाहेक अन्य संस्थासँग गर्नु गैरकानुनी हुने भन्दै सचेत गराएको छ।

राष्ट्र बैंकले पे-मेन्ट सम्वन्धी सबै हेर्ने जिम्मेवारी आफ्नो भएको भन्दै सचेत गराएको छ। ‘यस्तो काममा अब हामीले विशेष निगारीन गर्ने छौँ पायौँ भने कानुन अनुसारको दण्ड हुनेछ’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.