|

भद्रपुर, (झापा) : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले मिडिया काउन्सिल विधेयकका विषय लिएर सडकमा उत्रिएका सञ्चारकर्मीको पक्षमा आफू रहेको बताएका छन्।

गृह जिल्ला इलाम जाने क्रममा झापाको बिर्तामोडमा प्रेस संगठन झापाले सोमबार आयोजना गरेको संक्षिप्त पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले संसदमा दर्तामा भएको मिडिया काउन्सिल विधेयक जस्ताको त्यस्तै पारित नहुने प्रस्ट्याए। प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको योगदानको कदरलाई ध्यानमा राख्दै नेता खनालले भने, ‘विधेयकको परिमार्जन गर्ने ठाउँ र समय पर्याप्त भएकाले परिमार्जन भएर मात्रै संसदबाट पारित हुन्छ।’

समय अनुकूल मिडिया काउन्सिल विधेयक नेपालमा आवस्यकता रहेको बताए। उनले भने, ‘पछिल्लो समयमा सञ्चारमाध्यमको गलत प्रयोग र बनावटी समाचारलाई रोक्न विधेयक आवश्यक देखिन्छ। तर विधेयकमा उल्लेख भएका केही बुँदाहरू परिमार्जन गर्न पर्छ। नयाँ संबिधानले प्रेस स्वतन्त्रताको विषयमा जे उल्लेख गरेको छ।' 

सरकारले सोही कुरालाई कार्यान्वयनमा ल्याउन लागेको पनि जिकिर गरे। उनले भने, ‘पत्रकारको आन्दोलनले सरकार र राजनीतिक दलमा बहस सिर्जना गरेको छ।मिडियालाई कति नियमन गर्न आवस्यक छ। के के चाहिन्छ। केके हटाउने सबैले छलफल गर्ने मौका पनि पाए। आन्दोलनको परिणाम सुखत हुन्छ होला।’ 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.