|

बुटवलः रूपन्देहीको ओमसतिया गाउँपालिका कटैयास्थित एसियन फर्मास्युटिकल्स प्रालिमा भिषण आगलागी भएको छ ।

औषधि उद्योगको नयाँ भवनमा आगलागी भएको हो । उद्योगले उत्पादन गरेर स्टोर गरेको स्थानमा आगलागी हुँदा ५० करोड बढीको क्षति भएको प्रबन्ध निर्देशक हुतानन्द खनालले जानकारी दिए ।

राति साढे ९ बजेसम्म पनि आगो नियन्त्रणमा आएको छैन । जसले क्षतिको विवरण बढ्न सक्ने बताइएको छ । सोमबार दिउँसो करिब ४ बजेको समयमा एककासी आगो फैलिएको जनाइएको छ ।

आगलागी भएको स्थानमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, प्रहरी प्रमुख हृदय थापा लगायत सुरक्षा निकायका प्रतिनिधि आगो निभाउन खटिएका छन्। तर पनि आगो नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताए ।
आगो निभाउन नेपाली सेना , सशस्त्र प्रहरी , जनपद प्रहरी , स्थानीयबासी , उद्योगका कर्मचारीसँगै रुपन्देही र कपिलबस्तुका बाणगंगा, सिद्धार्थनगर, बुटवल र तिलोत्तमा सातवटा दमकल खटिएका छन् । आगो फैलिएको कारण खुल्न सकेको छैन । 

आगोले उत्पादन गरेर बजार पठाउन लागिएका औषधि जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उद्योगको दुई भवनमध्ये गोदाम घरमा आगलागी भएको हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.