|

स्पेनिस जाइन्ट रियल म्याड्रिडका लागि गत सिजन निकै खराब रह्यो। केही दिन अघिमात्र सम्पन्न सिजन रियल फेरि सम्झन चाहँदैन। रियलले गत सिजन कुनै पनि मुख्य प्रतियोगितामा उपाधि नजितेकाले उसका लागि बिर्सन लायक रह्यो, २०१८-२०१९।

प्रशिक्षक जिदाने जिदान र रोनाल्डोले क्लब छाड्दा रियल अध्यक्ष परेजले सायदै सोचेका थिए, रियल यतिबिघ्न समस्यामा पर्छ भनेर। तर,  सिजनको अन्त्यमा उसले प्रशिक्षक जिदानेलाई फर्कायो तर कुनै चमत्कार भएन। त्यसैले अब सुरु हुने सिजनमा भने रियलमाथि चिन्ता थपिएको छ।

गत संस्करणमा तीन प्रशिक्षक परिवर्तन गर्‍यो, तर उसको खेलमा भने कुनै परिवर्तन आएन। ऊ ला लिगामा तेस्रो, स्पेनिस सुपर कपको सेमिफाइनल र च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो। लागतार तीन पटक च्याम्यिन्स लिग उपाधि जिताएका प्रशिक्षक जिनेदिन जिदानले २०१७–१८को सिजनको अन्तसँगै  रियल छाडे। रियल म्याड्रिडले गत सिजन तेस्रो स्थानमा रहेर ला लिगाको अन्त्य गर्‍यो। घरेलु मैदानमा लगातार दुई हारको सामना गर्दै लिगको अन्त्य गरेको रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा १९ अंकले पछि रह्यो।

रियलले ला लिगाका ३८ खेलमध्ये २१ खेलमा मात्र जित निकाल्यो। पाँच खेल बराबरी खेलेको ऊ १२ खेलमा पराजित भयो। रियलले घरेलु मैदानमा १३ जित, एक बराबरी र ५ हारको सामाना गरेको ६ भने अवेमा ८ जित ४ बराबरी र ७ हार बेहोरेको छ। रियलले लिगमा ६३ गोल गर्दा ४६ गोल खाएको छ। आयाक्ससँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिएको रियलले यस सिजन च्याम्पियन्स लिगमा ५ जित र ३ हारको सामाना गरेको छ। उसले प्रतियोगिताको ८ खेलमा १५ गोल गर्दा १० गोल खाएको छ।

समग्रमा रियलले यस सिजन कुल १०८ गोल गरेको छ । उसले लिगमा ६८, कोपा डेल रेमा २८, च्याम्पियन्स लिगमा १५ र अन्य प्रतियोगितामा ९ गोल गरेको छ। खराब सिजनको अन्त्यसँगै रियल ‘‘समर ट्रान्सफर विन्डो’ निकै सक्रिय हुने देखिएको छ। क्लबलाई पुरानै लयमा फर्काउन रियलले प्रशिक्षक जिनेदिन जिदानलाई ५०० मिलियन उपलब्ध गराएको छ।

प्रशिक्षकका रुपमा रियलमा दोस्रो अध्याय सुरु गरेका जिदानले क्लब आएलगत्तै फसी पोर्तोका ब्राजिलियन सेन्टर डिफेन्डर इडर मिलिटाओलाई ५० मिलियन युरोमा किने। त्यस्तै फ्र्यांकफर्टका सर्बियन युवा स्ट्राइकर लुका जोभिचलाई ७० मिलियन युरोमा रियलले किनेको छ।

नयाँ सिजनको सुरुवातबाटै ब्राजिलियन १८ वर्षीय स्ट्राइकर रोड्रिगो रियल आउँदै छन्। उनलाई रियलले अघिल्लो सिजन नै सान्तोषबाट किनेको थियो। यस्तै चेल्सीका बेल्जियन स्टार इडेन हाजार्ड पनि रियल आउने पक्का भइसकको छ। युरोपा लिग फाइलनपछि हाजार्डका बारेमा औपचारिक घोषणा हुने छ।

रियलले आगामी सिजन पिएसजीका नेमार, केलियन एमबाप्पे, म्यान्चेस्टर युनाइटेडका पाउल पोग्बा, लियोनका फ्रेल्यान्ड मेन्डीलाई क्लबमा भित्र्याउन सक्रिय छ। साथै उसले क्लबका ग्यारेथ बेल, केलर नाभास, मार्सेलो, ड्यानी सेबायोस, मारियानो डियाजलगायतका खेलाडीलाई बेच्न खोजिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.