|

इन्डोनेसियाको राष्ट्रपतिमा जोको विडोडो पुनः निर्वाचित भएका छन्।  गत महिना भएको निर्वाचनको अन्तिम परिणामअनुसार उनले प्रतिद्वन्द्वी प्रबोओ सुबिआन्टोलाई पराजित गरेका हुन्।

इण्डोनेसियाको निर्वाचन आयोगका अनुसार विडोडोले ५५ दशमलब ५ प्रतिशत मत प्राप्त गरेका छन् भने प्रबोओले ४४ दशमलब ५ प्रतिशत मत प्राप्त गरेका छन्। विडोडो इन्डोनेसियन डेमोक्रेटिक पार्टी अफ स्ट्रगलका तर्फबाट चुनावी मैदानमा थिए। पूर्व सेना प्रमुख प्रबोओ द ग्रेट इन्डोनेसिया मुभमेन्ट पार्टीका तर्फबाट चुनावी मैदानमा थिए। 

मतदान सम्पन्न भएको करिब एक महिनापछि नतिजा सार्वजनिक गर्दा राजधानी जाकार्ताको सुरक्षा व्यवस्था कडा पारिएको छ। सोमबार विहान नतिजा सार्वजनिक गर्नुअघि करिब ३२ हजार थप सुरक्षाकर्मी राजधानीमा परिचालन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। विपक्षी नेता प्रबोओले मतदान लगत्तै धाँदली भएको आरोप लार्गका छन्।

सन् २०१४ को निर्वाचनमा पनि प्रबोओले विडोडोसँग पराजित भएका थिए। त्यसलगत्तै उनले निर्वाचनमा व्यापक धाँदली भएको भन्दै अदालत गुहारे पनि उनको विपक्षमा फैसला भएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.