|
File Photo

दाङ : उपचारको क्रममा शिशुको मृत्यु भएपछि दाङका एक मेडिकल सञ्चालक पक्राउ परेका छन्।

अर्घाखाँची शीतगंगा नगरपालिका साप्पमारा निवासी सरीता कुमालका १८ महिने छोरा शुसान्तको सोमबार उपचारको क्रममा मृत्यु भएपछि छानबिनका लागि दाङको गढवा गाउँपालिका-१ पुतलीबजारमा युनिक मेडिकलका संचालन गर्दै आएका सञ्चालक चेतराम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

प्रहरीका अनुसार गढवा गाउँपालिका  १ स्थित माइतीघर आएको बेला सरीताको छोरा बिरामी भएपछि मेडिकल लगिएको थियो। मेडिकलमा लग्दा ‘सिफन्टल ०.२६ एमजी र डिक्सोना ०.२ एम्जी’ मिसाएर सिरिञ्ज लगाएपछि बेहोस भएको र थप उपचारका लागि लुम्बिनी अञ्चल प्रादेशिक अस्पताल लगिएको अवस्थामा मृत्यु भएको हो।

बालकको मृत्यु भएपछि आफन्तले मेडिकल सञ्चालकलाई अभद्र व्यवहार गर्न सक्ने भन्दै प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले बताए। सोमबार बिहान साढे ७ बजेतिर मेडिकलमा उपचार गराएका ती शिशुको दिउँसो १२ बजे तिर मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.