|

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा प्रयोग भएका विद्युतीय मतदान यन्त्र (इलेक्ट्रोनिक भोटिङ मेसिन-इभिएम)मा भएको छेडछाडको विषयलाई लिएर पूर्वराष्ट्रपति प्रणव मुखर्जीले चिन्ता व्यक्त गरेका छन्।

आइतबार सम्पन्न लोकसभा निर्वाचनको मत राखिएका इभिएममा सत्ता पक्षले राज्य शक्तिको दुरुपयोग गरेर साँटफेर गरेको भन्ने समाचार समाचा बाहिरिएसँगै पूर्वराष्ट्रपति मुखर्जीले चिन्ता व्यक्त गरेका हुन। उनले चुनाव आयोगलाई संस्थागत विश्वसनीयता सुनिश्चित गर्न अपील गरेका छन्।

प्रणव मुखर्जीले सामाजिक संजाल ट्विटरमा एक बयान जारी गर्दै इभिएमको सुरक्षालाई लिएर आइरहेका खबरबाट आफू चिन्तित भएको लेखेका छन्।

पूर्वराष्ट्रपति मुखर्जीले लेखेका छन्, ‘चुनाव आयोग निगरानीमा जो इभिएम छन् तिनको सुरक्षाको जिम्मेवारी आयोगकै हो। लोकतन्त्रलाई चुनौती दिनेगरी जुन समाचार प्रकाशन र खबर सार्वजनिक भएका छन् त्यो हुनु हुँदैनथ्यो। जनताको फैसला सबैभन्दा माथि छ र यसमाथि कुनै पनि शंका हुनुहुँदैन।’

मुलुकका राज्यसंयन्त्रहरूमाथि आफ्नो विश्वास रहेको भन्दै मुखर्जीले लेखेका छन्, ‘को संस्था कसरी काम गर्छ भन्ने कुराको सुनिश्चितता त्यहाँ काम गर्ने व्यक्तिहरूमा भर पर्छ। यो मामिलामा संस्थागत विश्वसनियता सुनिश्चित गर्ने जिम्मवारी चुनाव आयोगको हो। आयोगले यो काम गर्नुपर्छ र उसको विश्वसनियतामाथि उठिरहेका प्रश्नमा पूर्णविराम लगाउनुपर्छ।’

यसअघि मुखर्जीले लोकसभा निर्वाचन सानदार तरिकाले सम्पन्न गरेको भन्दै चुनाव आयोगको प्रसंसा गरेका थिए। सात चरणमा भएको भारतको लोकसभा निर्वाचनको परिणाम बिहीबार आउनेछ।

यसबीचमा विपक्षी दलहरूले चुनाव आयोगले निष्पक्षता गुमाएको आरोप लगाउँदै आएका थिए। उनीहरूले आयोगका पदाधिकारी प्रधानमन्त्री नरेन्द्र मोदीप्रति नतमस्तक भएको आरोप लगाउँदै आएका थिए। उक्त आरोपको भारतीय जनता पार्टी र आयोगले अस्वीकार गर्दै आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.