|

नयाँ दिल्ली : कांग्रेस अध्यक्ष राहुल गान्धीले एग्जिट पोलबारेको प्रचारलाई झुटो बताएका छन् । उनले बुधबार पार्टी कार्यकर्तालाई एक सन्देश जारी गर्दै यस्तो बताएका हुन्।

'अबको २४ घण्टा महत्वपूर्ण छ। सतर्क र चनाखो रहनु। नडराउनु। तपाईंले सत्यका लागि लडिरहनुभएको छ। झुटो एग्जिट पोलको दुष्प्रचारबाट निराश नहुनु। आफू र कांग्रेस पार्टीमाथि विश्वास राख्नु। तपाईंको मेहनत खेर जाने छैन।'

लोकसभा चुनावको १० मा ९ वटा एग्जिट पोलले भाजपा गठबन्धन एनडीएले बहुमत ल्याउने अनुमान लगाएको छ। त्यसपछि विपक्षी दलले लगातार विद्युतीय भोटिङ मेशिनमाथि प्रश्न उठाउँदै आएको छ। 

यसभन्दा पहिले मंगलवार कांग्रेस, तेदेपा, तृणमूल र बसपासहित २२ विपक्षी दलले चुनाव आयोगसँग भेटेका थिए। विपक्षी दलहरुले यदि भोटिङ मेशिनमा गडबडी पाइएमा सबै मतपत्र पुन: जाँच गर्नुपर्ने माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.