|

बुटवलः रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित शीतलापुर जंगलमा एक युवकको हत्या गरी फालेको आरोपमा चार युवक पक्राउ परेका छन्। आरोपी चारैजनालाई आ–आफ्नै घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

कपिलवस्तुको बाणगङ्गा नगरपालिका–६ बस्ने २७ वर्षीय चिरञ्जीवी आर्चायको गत सोमबार ढुंगाले हानेर वीभत्स हत्या गरिएको आरोपमा ३३ वर्षीय रमेश विक, २८ वर्षीय गोपाल खनाल, २४ वर्षीय वसन्त खत्री र २० वर्षीय राजु विक  पक्राउ परेका हुन्। पक्राउ परेका आरोपी सबै कपिलवस्तुको बाणगंगा नगरपालिका-६ का हुन्। पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ।

यसरी भएको थियो हत्या  

प्रहरीका अनुसार जेठ ४ गते कपिलवस्तुको लक्ष्मण घाटस्थित एक रेष्टुरेण्टमा पाँचैजना मदिरा सेवन गरी बसेका थिए। मदिरा पिएको अवस्थामा चिरञ्जीवी आचार्यको मोबाइल हराउँदा झगडा भएको थियो। झगडापछि उनीहरुले चिरञ्जीविको हत्याको योजना बनाएका थिए। राजु विक र रमेश विकले चिरञ्जीवि आचार्यलाई मोटरसाइकलमा लगेर रुपन्देहीको सैनामैना नगरपालिका सालझण्डी नजिकको सितलापुर जंगलमा लगी ढुंगाले हानेर हत्या गरी छोडेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए। त्यसपछि मृतकसँग रहेको १३ हजार रुपैयाँ लिईइ दुवैजनाले मोटरसाइकल कपिलवस्तुको खायरखानी जंगलमा छोडेका थिए।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये रमेश विक हत्याका मुख्य योजनाकार हुन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक  डिलबहादुर मल्लले आचार्यसँग भएको १३ हजार रुपैयाँको लोभमा हत्या भएको जानकारी दिए। हत्या गरेर जंगलमा फ्याँकिएका उनको सनाखत हुन पनि धेरै समय लागेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.