|
प्रतीकात्मक तस्बिर

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–९ मा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

पूर्वको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा बुधबार बेवारिसे शव फेला परेको हो। उक्त शवको साथबाट कुमार तामाङ धरान–१९ लेखेको एउटा कागजसमेत फेला परे पनि उनी धरानकै भए नभएको प्रष्ट भइनसकेको प्रहरीले जनाएको छ। उक्त शवको पहिचान नखुलेकाले शवलाई जिल्ला अस्पताल खाँदबारीमा राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.