|

भारतमा लोकसभा निर्वाचनको मतगणना बिहीबार बिहानैदेखि हुने भएको छ। मतगणनाका क्रममा भारतमा हिंसा हुने आशंका त्यहाँको गृहमन्त्रालयले गरेको समाचार एजेन्सीहरूले जनाएका छन्।

समाचारहरूमा जनाइएकअनुसार भारतको गृहमन्त्रालयले मतगणनामा हिंसा हुनसक्ने आँकलन गर्दै राज्य सरकारहरूलाई उच्च सुरक्षा सतर्कता (हाइ अलर्ट)मा रहन भनेको छ। राज्य सरकारका प्रमुख सचिव र सुरक्षा प्रमुखहरूलाई पत्र लेखेर गृहमन्त्रालयले कानुन व्यवस्था चुस्त दुरुस्त राख्न र शान्ति कायम गरिराख्न आदेश दिएको छ।

गृहमन्त्रालयले केन्द्रबाट शासित राज्यहरू र अन्य प्रदेशहरूलाई इलेक्ट्रोनिक भोटिङ मेसिन राखेका स्ट्राङ रूमको सुरषाका लागि जस्तोसुकै कदम चाल्न निर्देश दिएको छ।

मतगणना हुने स्थानहरूमा प्रयाप्त सुरक्षा व्यवस्था बनाइराख्न पनि आदेश दिइएको छ। गृहमन्त्रालयले यो आदेश इभिएममा धाँधली गरेको भन्ने विपक्षी पार्टीहरूको आरोपपछि दिएको हो।

त्यस्तै केही उम्मेदवारहरूले हिंसा हुनसक्ने धम्की दिएका छन्। उनीहरूले सत्ताधारी दलले इभिएममा धाँधली गरेको आरोप लगाउँदै आएका छन्।

सात चरणमा भएको निर्वाचनको अन्तिम मतदान गत आइतबार भएको थियो। त्यसपछि आएका एक्जिट पोलहरूले सत्ताधारी दल भाजपालाई अत्यधिक बहुमत मिल्ने देखाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.