|

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलमा ४८ राष्ट्र सहभागी गराउने योजना तत्कालका लागि स्थगित गरेको छ। 

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले गएको वर्ष विश्वकपमा सहभागी टिमको संख्या ३२ बाट बढाउने घोषणा गरेका थिए। तर सहभागी टिमको संख्या बढाउँदा कतार एक्लैले प्रतियोगिता आयोजना गर्न नसक्ने र अन्य देशहरुसँग पनि सहकार्य गर्नुपर्ने भएकाले तत्कालका लागि योजना स्थगित गरिएको हो। 

सम्पूर्ण पक्षमाथि भएको अध्ययन र परामर्शबाट सहभागी टिमको संख्या आउँदो विश्वकपमै बढाउन सक्ने अवस्था नदेखिएको फिफाले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.