|

भद्रपुर (झापा) : अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मेचीनगर नगरपालिकामा एक महिलालाई गम्भीर घाइते भएकी छिन्। 

घाइते हुनेमा वडा नम्बर १० धुलाबारीकी ४१ वर्षीया आरती चौहान बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले जानकारी दिए। घाइते चौहानको आम्दा अस्पताल धुलाबारीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको जनाइएको छ।

घरमा सात वर्षीया छोरी अर्पणसँगै सुतिरहेकी चौहानलाई बुधबार मध्यरातमा आएका अपरिचित दुई जना व्यक्तिले खुकुरी प्रहार गरेको डिएसपी थापाले बताए। राति खाना खाएर आमाछोरी एउटै कोठामा सुतेका अवस्थामा अपरिचित व्यक्तिहरु कोठामा प्रवेश गरी आमाको टाउकोमा खुकुरी प्रहार गरेको छोरी अर्पणाले बताएकी छिन्।

‘राति हावाहुरीसँगै पानी परेकोले बिजुली नभएको बेलमा मान्छेहरु कोठामा प्रवेश गरेको हो’, अर्पणाले भनिन्, ‘ममीलाई पेटमा बसेर टाउँको खुकुरी प्रहार गरेको हो, मलाई घाटी न्याकेर हल्ला गरिस् भने तँलाई पनि यही खुकुरीले काटिदिन्छु भनेका थिए।’ 

आराती कोठाभित्र अर्धनङ्ग अवस्थामा बिहान भेटिएकी थिइन्। कोठा रक्ताम्य अवस्थामा थियो। घटनाबारे बिहीबार बिहान अर्पणाले झ्यालबाट कराएर बोलाउँदा स्थानीयले थाहा पाएका थिए। बालिका कराएपछि हेर्न जाँदा बाहिरबाट ढोकामा चुक्कुल लगाइएको भेटिएको स्थानीयहरुले बताएका छन्।

घटनाबारे स्थानीयले इलाका प्रहरी कार्यालय धुलाबारीमा खबर गरेपछि इलाका प्रहरी कार्यालय र काकँडभिट्टाको टोली घटनास्थल पुगेका थिए। घटनाबारे अनुसन्धान सुरु गरिसकेको र खुकुरी प्रहार गर्ने व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको डिएसपी थापाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.