|

भारतको तल्लो सदन लोकसभाका लागि भएको चुनावको प्रारम्भिक नतिजा आउन थालेको छ। प्रारम्भिक नतिजाअनुसार भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनलाई अग्रता मिलेको छ।

बनारसबाट चुनाव लडेका प्रधानमन्त्री नरेन्द्र मोदी विपक्षी उमेद्वारभन्दा अघि छन्। अमेठीबाट उठेका कांग्रेस अध्यक्ष राहुल गान्धीलाई भाजपा उमेद्वार तथा केन्द्रीय मन्त्री स्मृति इरानीले पछाडि पारेकी छन्। यद्यपि राहुल केरलाबाट पनि चुनाव लडेका छन्।

अधिकांश स्थानमा मोदीको दल भाजपाले विपक्षी कांग्रेससहितका अन्यलाई पछि पारेको छ। ५४२ सिटका लागि भएको चुनावमा २७२ सिट हासिल गर्ने गठबन्धनले सरकार बनाउने छ। चुनाव आयोगका अनुसार साँझसम्म नतिजा आइसक्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.