|

लोकसभा चुनावसँगै विधानसभाको चुनावसमेत भएका भारतका चार राज्यमध्ये सिक्किम एक हो। ३२ सिटका लागि भएको उक्त निर्वाचनको मतगणना सुरु भएको छ। परिणाम साँझसम्म आउनेछ।

विधानसभा चुनावको परिणामले त्यहाँका मुख्यमन्त्री पवन चाम्लिङको भाग्य निर्धारण गर्नेछ। उनको दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडिएफ)ले बहुमत हासिले गरेमा उनी छैटौं कार्यकालका लागि मुख्यमन्त्री बन्नेछन्। भारतमा सर्वाधिक पटक मुख्यमन्त्री बन्ने कीर्तिमान चाम्लिङका नाममा छ। सन् २०१४ मा भएको चुनावमा उनको पार्टीले ३२ मध्ये २२ सिट जितेको थियो।

मतगणनाको प्रारम्भिक नतिजाले चाम्लिङको दल एसडिएफलाई विपक्षी सिक्किम क्रान्तिकारी मोर्चाले पछि पारेको छ। मोर्चाले चाम्लिङका पालामा भाइभतिजावाद र भ्रष्टाचार बढेको तथा लिम्बु र तामाङ समुदायलाई आरक्षण दिलाउन नसकेको आरोप लगाउँदै त्यसैलाई चुनावी मुद्दा बनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.