|

सिन्धुपाल्चोक : हेलम्बु गाउँपालिका २ किउलका ८४ वर्षीय किसान सोभराम बिकले भने पुस्तौँदेखि जोतेको गुठी जग्गाको प्रमाणपत्र अझै पाएनन्। उनी ३१ वर्षदेखि अहिलेसम्म भूमिको अधिकार लिन लागिरहेका छन्। तर उनले अहिलेसम्म जग्गाको लालपुर्जा पाउन सकेनन्।

'किसानकै सरकार आयो भन्थे खै काम आयोे ?' उनले प्रश्न गरे। कर्मचारी भ्रष्ट भए मालपोत र नापी कार्यालयको कर्मचारीले पैसा हुनेको मात्र काम गर्ने गरेको दुखेसो पोखे। बलेफि गाउँपालिका राम्चेकी डम्वरकुमारी थामीले साहुको जग्गा जोतेको ३ पुस्ता बित्यो। तर आफूसँग मोहिका प्रमाण पनि नभएको गुनासो गरे। मोही हकका लागि निवेदन हालेको १४ वर्ष भयो।

माल अड्डा मलाई मात्र तारेखमा राख्छ। अहिलेसम्म साहुलाई म्याद तामेलिमा पठाउँदैन। साहुका पैसामा माल कर्मचारीहरु पालिएको आरोप लगाइन्। उनीहरु त सिन्धुपाल्चोकमा देखिएको भूमिहीनका प्रतिनिधि पात्र मात्रै हुन्। जिल्लाभूमि अधिकार मञ्चको तथ्यांकनुसार दर्तावाल मोही एक हजार ९९५ र बेदर्तावाल मोही ७ हजार ८८५ रहेका छन्। तीमध्ये दर्तावाल मोहीको छिनोफानोका लागि ३ हजार ५२५ ले मालपोत कार्यालय चौतारामा निवेदन दिएका थिए।

८५ जनाले मोही पुर्जा पाइसकेको भूमि अधिकारकर्मी कुमार थापाले जनाए। दुई चरणमा दर्तावाल मोहीको हकमा २०७५ भदौ ४ सम्म निवेदन दिने गरी सरकारले राजपत्रमा मोही जग्गा बाँडफाँडका लागि सूचना जारीगरेको थियो। गतसाता भूमिहीनले सुरु गरेको भण्डाफोर अभियानमा मालपोतको काम गर्नको लागि प्रमाणभन्दा ठूलो पैसा हुने गरेको कुरा उदाहरणसहित नेकपाका जिल्ला नेता यज्ञ सापकोटा बताए।

जिल्ला प्रशासनले होइन उनीहरूका कमजोरीका कारण किसानका डरले मालपोतकै माग अनुसार सुरक्षा व्यवस्था कडा पारेको र किसानलाई मालपोत पस्न रोकेको कुरा किसान सामु व्यक्त गरेका थिए। राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य नवराज गुरागाईले मालपोत र नापी कार्यालयमा हुने अनियमितता तथा भ्रष्टचारबिरुद्धको सांकेतिक धर्ना गरेको जनाए। यसलाई सामान्य रुपमा नलिन अनुरोध गर्दै यस्ता गतिविधि नरोकिए यसको मूल्य महँगो पर्ने कुरा जानकारी गरे।

जिल्लामा १६८ नामका गुठी छन्। तर मालपोतको रेकर्डमा ४७ को मात्र प्रमाण छ। यो नाममात्रका गुठीका नाममा भएको शोषण के यो अन्याय होइन? यसबाट असुलिने पैसा भ्रष्टाचार होइन ? उनले प्रश्न गरे। ‘राजाका पालामा बरु किसानका समस्या हल भए। अहिले जनताको सरकारका पालामा किन काम हुन सकेन’ उनले भने।

भ्रष्टाचार रोक्न भण्डाफोर अभियान

जिल्ला भूमि अधिकार मञ्च बुधबार मालपोत र नापी कार्यालयमा भएको घुस तथा भ्रष्टाचारबिरुद्ध भण्डाफोर अभियान थालेको छ। तातोपानीदेखि हेलम्बु सम्मका जमिनमा प्रत्यक्ष काम गर्ने सयौँ किसानको सहभागितामा घुस तथा भ्रष्टाचारविरुद्ध गतासाता भण्डाफोर अभियान सुरु गरे। मालपोतमा र नापी कार्यालयमा भएको लुट, घुसखोरी तथा भ्रष्टाचारबिरुद्ध  किसानकाे चोरी दर्ता बन्द गर, घुसखोरी अन्त गर, गुठी जग्गा रैकर गर, बेदर्तावाल मोही दर्ता गर जस्ता विभिन्न नारासहितको प्लेकाड बोकेर र्‍यालीका मालपोत कार्यालय धर्नामा पुगेका थिए। 

मालपोत कार्यालय, नापी, कार्यालय जिल्ला प्रशासन कार्यालय लगायतका निकायमा जानकारी गरिएको थियो। धर्नासँगै किसान तथा किसान नेताले भूमिमा श्रम गर्ने किसानका समस्या हल हुने पर्ने धारणा राखेँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.