|

काठमाडौं : सरकारले इटालियन ठेकेदार कम्पनी सिएमसीले छाडेर हिँडेपछि अनिश्चित बनेको बहुचर्चित मेलम्ची खानेपानी आयोजना निर्माण तत्काल अघि बढाउने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को केही दिनअघि बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको काम तत्काल अगाडि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाल जानकारी दिएका छन्। 

रोकिएको काम तत्काल अघि बढाउन सरकारले छिटो प्रक्रिया अपनाएर निर्माण पुरा गर्ने निर्णय गरेको बाँसकोटाले जानकारी दिए।

सिएमसीका कारण मेलम्ची क्षेत्रमा उत्प‍न्‍न भएका समस्या समाधानको पहल पनि सरकारले नै थाल्ने बाँसकोटाले बताए। बाँसकोटाले आर्थिक अनुशासन कायम गर्दै काम अघि बढाउन सरकार प्रतिवद्ध रहेको पनि बताए । 

'काठमाडौंमा छिटो भन्दा छिटो पानी ल्याउन नयाँ ठेकेदार खोज्‍नेदेखि काम विभाजन गर्नेसम्मका विकल्प खोज्न सरकार तयार छ', उनले भने, 'मेलम्ची ल्याउन सरकार आर्थिक अनुशासन कायम गर्ने कुरामा पूर्ण प्रतिवद्ध छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.