|

उदयपुर : केही अघिदेखि आएको हावाहुरी र असिनासहितको वर्षाले तरकारी खेतीमा करडौँको क्षति पुर्‍याएको छ। वर्षासँगै परेको असिनाका कारण कटारी नगरपालिकाका विभिन्न वडामा लगाइएको तरकारी खेतीमा क्षति पुर्‍याएको हो।

कटारी नगरपाकिा ११ का वडा अध्यक्षका दीपक बुढाथोकीका अनुसार सयौँ रोपनी जग्गाको तरकारी बाली नष्ट भएको छ। ‘साता यताको वर्षासँगैको असिनाका कारण व्यावसायिक रूपमा किसनाले लगाउँदै आएको तकारी खेती नष्ट भएको छ,’ उनले भने, ‘गहुँबारी, ताप्ले, काफलडाडाँ, गोठडाडाँ लगायका क्षेत्रमा ठूलो भएको छ।’

मौसमी र वेमौसमी खेती गर्दै आएका किसानले उत्पादन गरेको तरकारी माथिल्लो सगरमाथाका खोटाङ, ओखलढुगा र सोलुखुम्वुसम्म बिक्रि गर्ने तरकारी बाली नष्ट भएको हो।

गहुबारी क्षेत्रमा साग, टमाटर, मुला, खुर्सानी, धनियाँ, हरियो प्याज, काउली, बन्दा, र लसुन बालीमा क्षति पुगेको छ। यस क्षेत्रमा मुख्य बाली भनेको टमाटर र अदुवा हो। तर यस वर्षको वेमौसमी तरकारी खेतीलाई बैशाख मसान्त र जेठ १, २ गतेको वर्षासँगै आएको असिनाले नष्ट गरि दिएको यहाँका किसान पूर्णवीर राउत बताउँछन।

‘वर्षातले सवैभन्दा बढी गोठडाँडा क्षेत्रमा क्षति पुर्‍याएको छ,’ उनले भने, ‘आलु, टमाटर, काक्रा, फर्सी, प्याज, घ्युसिमी र सुन्तला जुनारको फल लाग्दै गरेको चिचिलमा क्षति पुगेको छ।' पछिल्लो समय तरकारीसँगै माथिल्लो क्षेत्रमा सुन्तला, स्याउ र तल्लो क्षेत्रमा आँप लगायतका फलफूल खेती हुने गरेको छ।

जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख सरोजराज अधिकारीले तरकारी बालिमा धेरै क्षति पुगेको जानकारी आएको बताए। ‘जिल्लाभरीबाट तरकारकारी बालीमा मात्र पाँच करोडको क्षति भएको जानकारी आएको छ,’ उनले भने, ‘कटारी नगरपालिकामा सबैभन्दा धेरै क्षति भएको छ।’

यता राष्ट्रिय कृषक समूह महासंघ उदयपुरका अध्यक्ष कुशल राउतले पनि कटारी नगरपालिकामा मात्र पाँच करोडको तरकारी खेतीमा क्षति पुगेको बताए। ‘कटारी नगरपालिकाको गोठडाँडामा विशेष गरेर टमाटर खेती हुने गरेको छ,’ उनले भने,  वर्षभरी नै टमाटर खेती हुने गोठडाँडामा सबैभन्दा बढी असिनाबाट क्षति पुगेको क्षेत्र हो।’

एक जनाले किसानले महिनामा न्यूनतम १ लाख रुपैयाँको टमाटरमात्रै बिक्री गर्ने गरेका छन। तर अहिलेको असिनाले सम्पूण खेती नै नष्ट गरिदिएपछि किसान चिन्तित भएका छन्। ‘मासिक न्यूनतम एक लाखदेखि अधिकतम ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने किसान छन्, गोठडाँडाका किसान राजन राउतले भने, ‘तर अहिले किसानको उत्पादन बजार लैजाने तयारी हुँदाहुँदै असिानाले सखाप पारिदिएको छ।’

अहिले गहुँबारीमा प्रति किलोग्राम ४० रुपैयाँ टमाटर र ३० रुपैयाँका दरले आलु, घ्यूसिमी, काक्रो, तितेकरेला र चुचेकरेला बिक्री हुने गरेको छ। असिना पानीले क्षति पुर्‍याएका किसानलाई कटारी नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले वताए। ‘असिनापीडित किसानका लागि केही सहयोग गर्ने छौँ,’ उनले भने, ‘कार्यपालिकाको बैठकले पीडित किसानलाई उचित क्षतिपूर्तिको लागि निर्णय लिने छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.