|

हुम्ला : भारतीय राजदूतावासडौंले जिल्ला अस्पताल हुम्लालाई ११ प्रकारकार औषधि र उपकरण सहयोग गरेको छ । 

भारतीय दूतावास हुम्लाका प्रतिनिधि जनकबहादुर शाहीले अस्पताका डाक्टर अमित विष्टलाई विहीबार ती सामाग्री हस्तान्तरण गरेका छन् । 

हस्तान्तरण गरिएका औषधिमा ४ किलोवाट क्षमताको जेनेटर, २ वटा अक्सिजन सिलिन्डर, २ निमोलाइजर, २ अक्सिमिटर, २० वटा बडी व्याग लगायत छन्।

जिल्ला अस्पताललाई औषधि र उपकरण प्राप्त भएपछि सेवाग्राही  र पर्यटकलाई सेवा दिन सहज भएको डाक्टर विष्टले बताए । त्यसैगरि अकालमा र कालगतिले ज्यान गुमाइ जिल्ला बाहिर लानुपर्ने शवलाई बडी व्यागमा राख्न सजिलो हुने अर्का डाक्टर सौरभ श्रेष्टले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.