|

पटना : भारतको लोकसभा चुनाव २०१९ मा बिहारको सबैभन्दा चर्चित सिट बेगूसराय रह्यो।  यहाँ बीजेपीका फायर ब्रान्ड नेता गिरिराज सिंहको भिडन्त जेएनयु छात्र संघका पूर्वअध्यक्ष तथा सीपीआई प्रत्यासी कन्हैया कुमारसँग भएको थियो।

राष्ट्रिय जनता दलका  उम्मेदवार तनवीर हसनले यो भिडन्तलाई त्रिकोणीय बनाउने पूरा कोशिश गरेका थिए। तर राष्ट्रवादको लहरसामू कन्हैया विफल भएका छन्। यहाँ गिरिराजलाई ठुलो जित मिलेको छ। गिरिराजलाई ३ लाख ९४ हजार भन्दा धेरै भोट मिलेको छ। कन्हैयाले केबल २ लाख ५१ हजार भोट ल्याउन सके।

कन्हैयाले चुनावका क्रममा देशभरका सञ्चारमाध्यमको ध्यान आफूतर्फ खिचेका थिए। तर भारतीय मूलधारका सञ्चारमाध्यमले लगाएको  देशद्रोहीको आरोपबाट उनले आफूलाई मुक्त गर्न सकेनन्। 

कन्हैयाको पक्षमा चुनाव प्रचारका लागि  देशभरबाट बेगूसराय पुगेका थिए। यहाँ मोदी विरोधी मानिस जुटेका थिए। प्रकाश राज, जावेद अख्तर, शबाना आजमी र स्वरा भास्कर जस्ता दर्जनौँ चर्चित हस्ती कन्हैयालाई सघाउन पुगेका थिए। तर परिणाम गिरिराजको पक्षमा गएको छ।

कन्हैयाको चुनाव प्रचारका लागि जेएनयूका दर्जनौँ छात्र पुगेका थिए। उनले आफ्ना शुभेच्छुकबाट एक एक रुपैयाँ बटुलेर चुनाव लडेका थिए। सयौँको संख्यामा देशभरबाट भोट माग्न पुगे।

कन्हैयालाई बेगूसराय बाहिरका मानिसको बलियो साथ मिले पनि जित निकाल्न सकेनन्। कन्हैयाले मतदातालाई तान्‍ने हरेक कोशिश गरे तर त्यसलाई भोटमा बदल्न नसक्दा पराजित भए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.