|

काठमाडौं : मानव अधिकारका लागि महिला, एकल महिला समूहले १४ जिल्लामा छहारी भवन निर्माण गरेको छ।

समूहले उक्त भवनको केन्द्रीय भवन शनिबार रजतजयन्तीको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराउने तयारी गरेको छ। बुधबार छहारी भवनमा आयोजित पत्रकारमा सम्मेलनमा २५औँ वर्ष पुगेको अवसर पारेर राष्ट्रपति भण्डारीले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको समूहका अध्यक्ष कुन्ता शर्माले बताएकी हुन्।

उनका अनुसार १४ जिल्लामा एकल महिलाका छहारी भवन निर्माण गरिसकेको छ। उनले प्रत्येक प्रदेशमा एकल महिलाको लागि छहारी भवन निर्माण गर्ने योजना रहेको पनि बताइन्।

उक्त समूहले एकल महिलाको लागि आर्थिक, सांस्कृतिक र राजनीतिक अधिकारको लागि वकालत गर्दै आएको छ। छहारीले समाजका एकल महिलालाई आत्मविश्वास जगाइरहेको उनको भनाइ छ।

एकल महिलाको लागि २५ वर्षे योजनाअनुसार काम गरिरहेको उनले बताइन्। यसबीचमा एकल महिलाका छोराछोरीको शिक्षामा पनि लगानी गरेको उनको भनाइ छ।

छहारीले एकल महिलामा समाज र परिवारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको संस्थापक अध्यक्ष लिलि थापाले बताइन्। उनले भनिन् 'छहारीले साथ दिएका एकल महिलालाई समाजमा पहिले जस्तो असहज छैन।' छहारीले नीतिगत रूपमा नै एकल महिलालाई सक्षम र मजबुत बनाउनको लागि पहल गर्ने जानकारी थापाले दिइन्।

यसै क्रममा, छहारीमार्फत काम गर्दै आएकी एकल महिला सुलोचना गौतमले छहारीमा एकल महिलालाई सीपमूलक तालिम प्रदान गर्दै आएको बताइन्। छहारीमा आएर काम गर्दा एकल महिलाको आयआर्जनमा वृद्धि भएको उनको भनाइ छ।

शनिबार आयोजना हुने कार्यक्रममा एकल महिलाका फोटो प्रदर्शनी, स्वास्थ्य शिविरका साथै एकल महिलाले निर्माण गरेका सामग्रीको प्रदर्शन गरिने थापाले बताइन्। ७७ जिल्लाका एकल महिलाका प्रतिनिधिको उपस्थितिमा छहारी भवनको उद्घाटन गरिने उनले जानकारी दिइन् भवन भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.