|
File Photo

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनमा विजय हासिल गरेकोमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन्।

बिहीबार अपरान्ह प्रधानमन्त्री ओलीले मोदीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रूपमा आगामी कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरेका हुन्।

टेलिफोन संवादका क्रममा आगामी दिनमा दुई देशको सम्बन्ध अझ समुधुर हुँदै जाने विश्वास दुवै प्रधानमन्त्रीले व्यक्त गरेका प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.