|
File Photo

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घूसबापत लिएको रकमसहित नापी कार्यालय साँखुका नापी सर्वेक्षक र बिचौलियालाई पक्राउ गरेको छ।

सर्वेक्षक श्याम कृष्ण न्यौपाने र बिचौलिया विष्णु केसी डेढ लाख घुसको रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो। उनीहरूलाई बिहीबार साँझ पाँच बजे कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

उनीहरूले जग्गाको हाल साविकी कामय गरिने दिने भन्दै सेवाग्राहीबाट घूसबापत डेढ लाख लिएको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.