गुल्मी : गुल्मीको मालिका गाउँपालिका-५ छापहिलेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मालिका गाउँपालिका-१ नेटाकी १९ वर्षीया विनीता रसाइली रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। अर्जेबाट कक्षा ११ को परीक्षा दिएर घर जाँदै गर्दा विधुत्को पोलमा करेन्ट लागेर मृत्यु भएको हो।
उनकी साथी मालिका गाउँपालिका-६, अर्जेकी १८ वर्षीया जुना विश्वकर्मा घाइते भएकी छिन्। उनको उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबीन्द्र खडकाले जानकारी दिए।
घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।