सिलेसनले मौका पाउँदै

|

इलाम : बार्सिलोनाका गोलरक्षक टेर स्टेगेनले भ्यालेन्सियाविरुद्ध कोपा डेल रेको फाइनल गुमाउने भएका छन्। घुँडामा समस्या देखिएपछि उनले शनिबार सेभिल्लाको बेनिटो भिल्लामारिएनमा हुने खेल गुमाउने पक्का भएको हो।

जर्मनका स्टेगेनले दायाँ घुडाको शल्यक्रियाका कारण जारी सिजनमा ला लिगाका अन्तिम ३ खेल गुमाएका थिए। क्लबले बुधवार ट्विट गर्दै स्टेगेन पूर्णरूपमा निको भइनसेका कारण भ्यालेन्सियाविरुद्ध मैदानमा नउत्रिने उल्लेख गरेको छ।

स्टेगनको अनुपस्थितीमा बार्सिलोनको गोलपोष्ट जस्फर सिलेसनले सम्हाल्ने भएका छन्। कोपा डेल रेमा सिलेसनले कल्चरल लियोनेसा, लेभान्टे र सेभिल्लाविरुद्ध १-१ गोल व्यर्होरेका थिए।

उनी आउँदो विन्डो ट्रान्सफरमार्फत बेनिफिका जान सहमत भइसकेका छन्। फाइलन प्रवेशका लागि बार्साले रियलको चुनौती ४–१ ले पन्छाउँदा भ्यालेन्सियाले रियल बेटिसलाई ३–२ अन्तरले हरायो।

स्टेगेनले जारी सिजनमा ४९ खेलमा बार्साको पोष्ट सम्हालेका छन्। रियल मड्रिडविरुद्ध कोपा डेलको सेमीफाइनलको दुवै लेगमा उनले पोष्ट सम्हालेका थिए। सिजनमा बार्सा तेश्रो उपाधीको खोजीमा रहेको छ। उसले ला लिगाको उपाधीका साथै सन २०१८–१९ को स्पेनिस सुपरकप आफनो पक्षमा पारेको थियो।

भ्यालेन्सियाले सन् २००८ यता कोपा डेल रे को उपाधी जित्न सकेको छैन। गेटाफेमाथि ३–१ को जित दर्ता गर्दै उसले अन्तिम पटक कोपा डेल रे आफनो पक्षमा पारेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.