|
File Photo

विराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका–१० खोर्साने केरावारी सडक खण्डमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

बिहीबार बिहान ९:१५ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ४३५५ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको को ५ प ५५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केरावारी–९ का ४८ वर्षीय बमबाहदुर बस्नेत गम्भीर घाइते भएका थिए।

घाइतेलाई उपचारको लागि बिपी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उपचारकै क्रममा बिहान १०:४० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ। टिपर र टिपर चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.