|

कञ्चनपुर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्तलाई भेटन उनको घरमै पुगेका छन। निर्मलाकी आमा दुर्गा देवीलाई भेटेर सम्बेदना प्रकट गर्दै नेता पौडेलले न्यायको आगो निभ्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन।

निर्मलाको न्यायका लागि सदैव संघर्षमा साथ दिने उनले बताए। निर्मलाकी आमा दुर्गा देवीले छोरीको न्यायका लागि आन्दोलन, धर्ना कार्यक्रम गर्नेदेखि विभिन्न निकायमा पुगे पनि न्याय नपाएको बताइन। ‘न्यायको लडाइँमा तपाईँ सबैको साथ चाहिएको छ’ उनले भनिन्। वास्तविक हत्यारा पत्ता नलाग्दासम्म र हत्यारालाई सजाय नहुँदासम्म सरकारबाट उपलव्ध गराइने राहत रकम नबुझने निर्मलाका परिवारले बताउदै आएका भए पनि निर्मलाकी आमा दुर्गा देवीले तीनवटै सरकारले उपलव्ध गराएको राहत रकम भने बुझेकी छिन।

भीमदत्त नगरपालिकाले उपलव्ध गराएको तीन लाख, सुदूरपश्चिम प्रदेश सरकाले उपलव्ध गराएको पाँच लाख र केन्द्र सरकारले उपलव्ध गराएको १० लाख गरी  १८ लाख रकम उनले बुझेकी हुन। तीनवटै निकायबाट प्राप्त राहत रकम उनको खातामा जम्मा गरिएको छ। केन्द्र सरकारले उपलव्ध गराएको राहत रकम फागुन, प्रदेश सरकारले उपलव्ध गराएको जेठको पहिलो हप्ता र नगरपालिकाले उपलव्ध गराएको राहत रकम वैशाख महिनामै उनले बुझेकी हुन।

दुइ वटै छोरीको भविष्यका लागि उपलव्ध राहत रकम सदुपयोग गर्ने दुर्गा देवीको भनाई रहेको छ। निर्मलाको हत्यारा पत्ता लगाउनका लागि केन्द्रीय अनुसन्धान व्यूरो, जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको कार्य अगाडि बढाउदै आए पनि हत्यारा अझैसम्म पत्ता लाग्न सकेको छैन।

निर्मलाको गत साउन ११ गते उखुवारीमा बालात्कार पश्चात हत्या गरिएको अबस्थामा शव फेला परेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.