|

काठमाडौं : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवको पहलमा नर्स जीता बरालले आफ्नो १४ दिन लामो अनशन तोडेकी छन्। स्वास्थ्य राज्यमन्त्रीसँग बिहीबार भएको छलफलमा एक वर्षभित्र नर्स बरालका माग सम्बोधन गर्ने सहमति भएपछि उनले अनशन तोडेकी हुन्।

नर्स बरालका सहयोगि बिन्दा शर्मालगायतको टोलीले स्वास्थ्यमन्त्रीसँग छलफल गरेर मौखिक सहमति गरेको हो। मौखिक सहमतिमा बरालका माग एक वर्षभित्र सम्बोधन गर्न कमिटी गठन गरिने उनी सहयोगी नर्स शर्माले बताइन्। मौखिक सहमतिपछि मन्त्री यादवले नर्स बराल अनशनस्थल बिपी स्मृति अस्पताल वसुन्धारा पुगेर जुस खुवाएर अनशन तोडाएका थिए।

उनी विगत १४ दिनदेखि नर्सका पेसामा देखिएका वेथिति अन्त्यको माग गर्दै आमरण अनशन बसेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.