|

अर्घाखाँची : नेपाल विद्युत प्राधिकरण अर्घाखाँचीले अति बिपन्न परिवार तथा सांस्कृतिक सम्पदाहरुमा निशुल्क मिटर जडान गरिदिने भएको छ।

जिल्लाको भुमिकास्थान नगरपालिका र पाणिनी गाउँपालिकामा प्राधिकरणले निशुल्क मिटर जडान गरीदिने नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख बिरमान राष्कोटीले बताए। जसको लागि भुमिकास्थान नगरपालिकामा यही जेठ १४ गते मंगलबार र पाणिनी गाउँपालिकामा १६ गते बिहीबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पालिकाको कार्यालयमा उपस्थित हुन सरोकारवालाहरुलाई प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले व्यक्तिको नाममा मिटर निकाल्ने भएमा नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, १ प्रति फोटा र अर्कैको नामको जग्गामा बसेको भए वार्ड कार्यालयको सिफारीस ल्याउनुपर्ने जनाएको छ। यस्तै साँस्कृतिक सम्पदाको हकमा भने समितिको निर्णय र सिफारिसका साथ उपस्थित हुन आग्रह समेत गरेको छ। गत चैत्र ४ गते सम्म कार्यालयमा रितपूर्वककाे निवेदन दिएकालाई प्राधिकरणले विद्युत मिटर र सेवा शुल्क गरी २६ सय बराबरको निशुल्क मिटर जडान गर्ने प्राधिकरणका भोला पाण्डेले जानकारी दिए।

नेपाल विधुत प्राधिकरण शाखा कार्यालय अर्घाखाँचीले झन्डै १३०० निशुल्क मिटर उपलब्ध गराउने भएपछि बिपन्न समुदायका नागिरक उत्साही भएका छन्। केन्द्रीय सरकारको अवधारणा अनुसार वितरण गर्न लागिएको नेपाल विद्युत शाखा कार्यालय अर्घाखाँचीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.