|

चितवन : चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाइदिएको आरोपमा पक्राउ परेका ६ विद्यार्थी धरौटीमा रिहा भएका छन्।

उनीहरूलाई जनही २–२ हजार धरौटीमा बिहीबार छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। सन्तोष खतिवडा, बामदेव रेग्मी, सुसान पौडेल, विमर गौली र मिलन चौधरीलाई गत मंगलबार विश्वविद्यालय परिसरबाटै मोसो दलेको आरोपमा पक्राउ गरिएको थियो।

दुर्व्यवहारमा संलग्न विद्यार्थीलाई विश्वविद्यालयले यसअघि नै ६० दिनका लागि निस्कासन गरिसकेको छ। घटनापछि प्राध्यापकले अभद्र व्यवहार गर्ने विद्यार्थीमाथि कारवाहीको माग गर्दै लगाएको ताला गत वैशाख २६ गत्ते महिना दिनपछि खुलेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.