|

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा निर्वाचनमा आफ्नो पार्टी भारतीय जनता पार्टीले अत्यधिक बहुमत ल्याएपछि मतदातालाई सम्बोधन गरेका छन्।

मोदीले भाजपाको जितलाई भारतीय लोकतन्त्रको ऐतिहासिक जितमा रूपमा व्यख्या गरेका छन्। बिजेपीको मुख्यालयमा मोदीले हजारौँ कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘यो निर्वाचनमा अत्यधिक मतदान भएको थियो। मतदानको जुन संख्या छ यो लोकतान्त्रिक विश्वको इतिहासमा सबैभन्दा ठूलो घटना हो।‘

मोदीले भने, ‘२०१९ को लोकसभा निर्वाचनमा हामी सबै देशवासीसामू नयाँ जनादेश माग्न गएका थियौँ। आज हामी देखिरहेका छौँ कि देशका हरेक नागरिकले यो फकिरको झोला भरिदिएको छ।‘

 मोदी आफैलाई फकिर भनेर चिनाउने गर्छन्। उनले भारतीय जनतालाई श्रीकृष्णका रूपमा व्याख्या गरेका थिए। उनले सबै जनताले भारतका लागि मतदान गरेको बताए। भारतको भविष्य उज्ज्वल रहेको पनि मोदीले दाबी गरेका थिए।

मोदीले आफू संविधानअनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जानाजान गल्ती नगर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन्। मोदीले जितपछिको पहिलो भाषणमा आफ्नो पहिलो कार्यकालको सही मूल्यांकन भएको पनि बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.