विपक्षीसँग थिएनन् मोदीलाई टक्कर दिने नेता

|

नयाँ दिल्ली : १९ मेमा लोकसभा चुनाव-२०१९ को अन्तिम चरणको मतदानपछि जब एक्जिट पोल सामुन्ने आए तब १० मा नौ एजेन्सीले पूर्ण बहुमतका साथ मोदी राज वापसीको संकेत गरेका थिए।

मतगणनाका क्रममा बिहीबार साँझसम्मको रूझान हेर्ने हो भने एक्जिट पोलको आँकडासँग मेल खाएको बुझ्न कठिन पर्दैन। अर्थात् अब प्रष्ट भइसक्यो, भारतमा एक पटक फेरि मोदी सरकार। आखिर कसरी जित्यो त भारतले ? यी हुन् १० कारण :

१. राष्ट्रवादका कारण जित

लोकसभा चुनाव अघिसम्म बेरोजगारी, महंगी र राफेल खरिदमा घोटालाको सवाललाई लिएर विपक्षले भाजपाको घाँटी समात्ने अनुमान गरिएको थियो। यसो लाग्नुमा गत वर्ष कांग्रेसलाई मध्य प्रदेश, छत्तीसगढ, राजस्थान र कर्नाटकसहितका राज्यमा मिलेको सफलता एउटा मुख्य कारण थियो। तर चुनावको ठीक अगाडि नरेन्द्र मोदीले राष्ट्रवादको यस्तो नाफा फुके, जसले विपक्षका सारा मुद्दा हावामा बिलाए। 

२. विकल्पको अभाव

यस पटकको चुनावमा मानिसले नरेन्द्र मोदी सरकारसँग रिस पनि प्रकट गरेका थिए। यस 'एन्टी इनकन्भेन्सी फ्याक्टर' सँग खेल्ल्ननरेन्द्र मोदी र उनका मुख्य सारथी अमित शाह धेरै सिपालु थिए। यसका बावजुद प्रारम्भदेखि नै उनीहरू जीतप्रति आश्वस्त थिए। यसको ठुलो कारण भनेको विपक्षसँग नेताको अभाव थियो। विपक्षले आफ्नो चुनावी सभामा नरेन्द्र मोदीको विकल्पमा नयाँ प्रधानमन्त्रीको अनुहार प्रस्तुत गर्न नसक्दा पनि हार भोग्न बाध्य भयो।

३. नरेन्द्र मोदी-अमित शाहको जोडी

भाजपाको लगातार दोस्रो जीतमा सबैभन्दा अहम भूमिका नरेन्द्र मोदी र अमित शाहको जोडीको थियो। यी दुवै नेताले भलै भाजपा कब्जा गरेका छन् तर चुनावका जितको चक्रव्यूह रच्ने काम यिनैले गरे। सात चरणमा भएको मतदानका क्रममा यी दुई नेताले एकपछि अर्को चरणको रणनीति बनाइरहे। र उनीहरूले नेताका रूपमा भन्दा व्यवसायिक शैलीयमा योजनालाई सफलताको शिखरमा लगे।

४. ‘म पनि चौकीदार’को कमाल

भाजपाका लागि खास फाइदाको पक्ष भनेको विपक्षले राष्ट्रियस्तरमा नरेन्द्र मोदी सरकारविरूद्ध कुनै एजेन्डा तय गर्न विफल रह्यो। राफेल खरिदलाई लिएर राहुल गान्धीले ‘चौकीदार नै चोर हो’ को उपयोग गर्दै हमला गरे। तर जब नरेन्द्र मोदीले ‘म पनि चौकीदार’भन्दै हमला गरे तब राहुलको नाराले फेल खायो। सर्वोच्च अदालतले समेत राहुल गान्धीलाई यस मामिलामा माफी माग्न निर्देश जारी गर्यो।

५. पहिले नै लड्खडायो विपक्ष

भाजपालाई मिलेको यस जितमा जति भूमिका नरेन्द्र मोदी र अमित शाहको थियो त्यति नै भूमिका विपक्षीको पनि थियो। एकातिर एनडीए गठबन्धनका सबै दल एकजुट देखिए भने विपक्षी गठबन्धनका दल सबै अलग-अलग थिए। कांग्रेस अधिकांश राज्यमा कम्जोर देखिएको थियो। क्षेत्रीय दलसँगको तालमेल र सामञ्जस्यको अभावमा लड्खडाएको विपक्ष जनतालाई भाजपाको भन्दा विकल्प दिन पनि असफल रह्यो।

६. अनेक बहानामा चर्चामा टिकिरहे मोदी

भाजपाको जीतमा सबैभन्दा ठुलो कारण उसका नेताहरू सदैवमा चर्चामा रहिरहनु पनि हो। यसका लागि भाजपाले पहिलेबाटै तयारी गरेको थियो। चुनाव सुरू भएसँगै चरण चरणमा भाजपा र उसका नेताको आक्रामक शैली बढ्दै गयो। भारतीय सेनाको नाममा भोट मागेको देखि अभिनेता अक्षय कुमारसँग मोदीको गैर राजनीतिक अन्तरवार्ताका कारण मोदीले चर्चा बटुलिरहे।

जबकि विपक्षी नेतासम्म सञ्चारमाध्यम त आए तर जनताले उनीहरूबाट कुनै मसला पाउन सकेनन्। उनीहरूसँग जनतालाई हँसाएर भोटका लागि प्रेरित गर्ने एजेन्डासमेत थिएन। उनीहरूको भाषणमा केवल नरेन्द्र मोदीको विरोध थियो। जबकि नरेन्द्र मोदीले भाषणमा कुनै सुपरहिट फिल्मको जस्तै सारा मसाला मिलाउँथे।

७. अजहर मसुदमाथि प्रतिबन्ध

भारतीय जनता पार्टी र मोदीका लागि अजहर मसुदमाथिको प्रतिबन्ध पनि चुनावी नाफाका रूपमा देखियो। चुनावको चटारो रहेका बेला संयुक्त राष्ट्र संघले चरमपन्थी समूहका नेता अजहर मसुदलाई अन्तरराष्ट्रिय आतंकवादीको संज्ञा दियो। यसलाई भाजपा र नरेन्द्र मोदीले यो सबै उनीहरूकै प्रयासमा सम्भव भएको भनेर प्रचार गरिदिए।

चीनलाई फकाउन सफल भएको श्रेय पनि भाजपा र मोदीले लिए। भाजपाको रणनीतिकै कारण आम जनताको दिमागबाट अजहर मसुदलाई अटल बिहारी वाजपेयी सरकारले रिहा गरिदिएको तथ्य नै गायब भयो।

८. नोटबन्दी र जिएसटीमा विपक्षको हार

नोटबन्दी र जिएसटीका कारण भारतीय अर्थतन्त्र डामाडोल हुँदा पनि भारतीय जनताले यसलाई गम्भीर मुद्दा बनाउन नसक्नु मोदी र भाजपाका लागि फाइदा सावित भयो। तर यसको पुरा कोशिश विपक्षले गरेको थियो। यो चुनावी परिणामले नरेन्द्र मोदीका यी दुवै निर्णयमाथि जनताबाट समर्थन मिलिसकेको छ। नरेन्द्र मोदी अर्थशास्त्री नभए पनि उनका यी दुई निर्णयबाट देशको आर्थिक स्थिति सुदृढ हुन सफल भएको सन्देश दिन सफल भए।

९. गतिलो नेताको छविको फाइदा

नरेन्द्र मोदीलाई यस पटकको चुनावमा सबैभन्दा धेरै फाइदा उनी मजबुत रहेको छविबाट मिल्यो। जम्मु-कश्मीरमा आतंकवादी हमलापछि पाकिस्तानको बालाकोट हमलालाई जसरी उनले चुनावी मसला बनाउन खोजे त्यसको प्रतिपक्षले विरोध जनाए। तर देशको जनता यसबाट सन्तुष्ट देखिए। किन भने भारत अब केवल हमलालाई सहँदैन मात्रै जरूरत परेमा जवाफी हमला पनि गर्न सक्ने सन्देश मोदीले दिए।

१०. अमित शाहको व्यवस्थापन र चुनावी हिसाब किताब

यस चुनावमा भाजपाका रणनीतिकार तथा अध्यक्ष अमित शाहको योजनाले काम गर्यो । शाहको रणनीतिले साँच्चिकै नतिजा ल्यायो। लगातार काम, साना भन्दा साना कार्यकर्तासँग पनि सीधा सम्पर्क, उत्कृष्ट व्यवस्थाप, विपक्षीलाई उसकै मुद्दामार घेर्न र सही उम्मेदवार चयनमा एक पटक फेरि भाजपालाई केन्द्रको सत्तामा ल्याउन सफल भयो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.