क्रिकेट विश्वकप अभ्यास खेल

|

अफगानिस्तानले शुक्रवार विश्व कप क्रिकेटको अभ्यास खेलमा पाकिस्तानलाई तीन विकेटले पराजित गरेको छ। यसअघि अफगानिस्तानले इङ्ग्ल्यान्डमा कुनै म्याच खेलेको थिएन।

त्यसका बावजसद अफगानिस्तानको टिम जब शुक्रवार पाकिस्तानविरूद्ध खेल्न उत्र्यो तब २६३ रनको लक्ष्य उसका लागि कुनै ठुलो चुनौती नरहेको सन्देश दियो। 

अफगानिस्तानले यो जित २ बल बाँकी छँदै निकाल्यो। तर पनि वहाब रियाजको रिभर्स-स्विङ यार्कर बलले धेरै पटक अफगानिस्तानका खेलाडीलाई सताइरह्यो।

अफगानिस्तानले पाकिस्तानलाई हराएर सनसनी मच्चाएको छ। यो त्यो देशको टिमको जित हो, जहाँ क्रिकेट खेल्न कुनै स्टेडियम छैन। अफगानिस्तानमा २० वर्षअघिसम्म क्रिकेटको कुनै टिम नै थिएन।

बलिङमा अफगानिस्तानको टिम धेरै आक्रामक देखियो। यिनको स्पिनर्सले पाकिस्तानीको भन्दा उत्कृष्ट बलिङ गरे। पाकिस्तानका बाबर आजमले १०८ बलमा ११२ रनको गतिलो पारी खेले। तर उसको पुरै टिम ४७ ओभर ५ बलमै आउट भयो।

अफगानिस्तानले पाकिस्तानविरूद्ध जुन खेल देखायो त्यो कुनै व्यवसायिक टिमको भन्दा कम थिएन। ११.१ ओभरमा अफगानिस्तानले ८० रन बनाएको थियो। हजरातुल्लाह जाजीले २८ बलमा ४९ रनको विस्फोटक पारी खेले।

अफगानिस्तानका कप्तान गुलबर्दिन नाइबले खेलल जितेपछि भने, 'मलाई लागेको थियो पाकिस्तानीले ३०० भन्दा धेरै रन बनाउनेछन्। तर आज हाम्रो दिन थियो। हाम्रा बलरले गतिलो प्रदर्शन गर्न सक्दा जित्न सफल भइयो। हामीले ब्याटिङमा पनि सुधार गर्नु जरूरी भएको छ।'

पाकिस्तानका बाबर आजमले बेलायत यात्रा उत्कृष्ट बनाउन खोजे तर त्यो पर्याप्त भएन। यो वर्ष पाकिस्तानले बेलायतमा कुनै खेल जितेको छैन। अफगानिस्तानले अब अर्को अभ्यास खेल इङ्ल्यान्डसँग खेल्दैछ। अफगानिस्तानका स्पिनर राशिद खानले पाकिस्तानविरूद्ध शानदार बलिङ गरे। उनले ९ ओभरमा केबल २७ रन दिएर २ विकेट झारे।

शनिवार ओभलमा भारतले न्यूजील्यान्डसँग पहिलो अभ्यास खेल खेल्दैछ। यसैबीच विजय शंकर बिमारी भएका छन्। चौथो नम्बरका ब्याटसम्यानबारेमा अहिलेसम्म कुनै निर्णय भइसकेको छैन।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.