रोक्ने उपाय छैन, बन्ध्याकरण विकल्प!

|

काठमाडौ : काठमाडौं महानगरपालिकामा सामुदायिक (सडकमा बस्‍ने)  कुकुरको संख्या कति छ? यसको उत्तर काठमाडौं महानगरपालिकासँग पनि छैन। 

धेरैले अनुमानका भरमा सामुदायिक कुकुरको संख्या बताउछन्। सामुदायिक कुकुरको अवस्था र संख्याबारे सरकारी निकाय अन्योलमा रहेका बेला काठमाडौं महानगरपालिकाले तथ्याङ्क राख्‍ने भएको छ। द ह्युमन सोसाइटी इन्टरनेशनल र द जेन गुडल इन्स्टच्युट नेपालसँगको सहकार्यमा सामुदायिक कुकुरको गणना गर्न थालिएको हो।

काठमाडौं उपत्यकामा दैनिक सामुदायिक कुकुर बढिरहेका छन्। महानगरपालिका भित्र २२ हजार सामुदायिक कुकुर रहेको महानगरपालिकाका पशु विभागका प्रमुख हरि भण्डारीले बताए। उनका अनुसार अन्य नगरपालिकाबाट धेरै कुकुर यहाँ आउने गर्छन्। उनले भने,'महानगरपालिकाको सिमानामा कुकुर प्रवेशमा कडाइ गरिन्छ।'

सामुदायिक कुकुरमा 'चिप्स' राखेर पहिचान गरिने उनले बताए। बाहिरबाट आएका र महानगरमा बसेका कुकुरको पहिचान गर्न अब सहज हुने उनको दाबी छ। 'बाहिरबाट आएको कुकर हो भने सम्बन्धित नगरपालिका वा घरधनीलाई लगेर बुझाइने छ', उनले भने।

मनुमित्र प्रभावकारी !

एक किलोमिटरमा ११ वटा कुकुर रहेका छन्। प्रत्येक किमीबाट कुकुरको संख्या नबढाउन महानगरपालिकाले मनुमित्र अभियान चलाइरहेको छ।

मनुमित्र गर्दा सामुदायिक कुकुरको संख्या घट्ने महागरले दाबी गरेको छ। हालसम्म सात हजार कुकुरको मनुमित्र भइसकेको छ।वडाबाटै सामुदायिक कुकुरलाई बन्ध्याकरणस्थलमा लगिने गरिएको छ।

त्यसले गर्दा कुकुरको संख्या वृद्बि हुन पाएको छैन। एउटा छाउरी कुकुरले एक सिजनमा १२ वटासम्म कुकुर जन्माउन सक्छ। यति धेरै कुकुर जन्मिने भएकोले व्यवस्थापन गर्न लागि महानगरले मनुमित्र अभियान चलाइरहेको छ ।

कुकुरको हत्या प्रक्रिया गलत रहेकोले महानगरले मनुमित्रको अभियान चलाएको हो। कुकुरको पनि जीवन हुन्छ भनेर विभिन्‍न पशु अधिकारकर्मीहरुले विरोध गरेपछि मनुमित्रको सुरुवात गरिएको हो।

धमाधम बन्ध्याकरण

कुकुरलाई व्यवस्थित क्षेत्रमा राख्नुपर्ने प्रावधा छ। ८० प्रतिशत कुकुरको बन्ध्याकरण हुनुपर्ने र शतप्रतिशत कुकुरलाई रेबिजविरुद्बको खोप लगाउनुपर्ने मापदण्ड तोकिएको छ। यस अभियानअन्तर्गत सबै वडाका कुकुरलाई रेबिजविरुद्ध खोप पनि लगाइँदैछ।

सामुदायिक कुकुर व्यवस्थापन गर्न महानगरपालिकाले वडा-वडामा समिति गठन गरेको छ। वडास्तरीय पशु व्यवस्थापन समितिको सहयोगमा भएको बन्ध्याकरण कार्यक्रम महानगरको २१ वटा वडामा सकेको छ।

बाँकी रहेको ११ वडामा ६ महिनाभित्र सक्ने लक्ष्य रहेको संयोजक डा. संगीता सापकोटाले जानकारी दिइन्। प्रत्येक साता पाँचवटा कुकुरको बन्ध्याकरण भइरहेको छ। चिकित्सकको टोलीले टेकुस्थित महानगरपालिकाको कार्यालयमा बन्ध्याकरण गरिरहेको सापकोटाले बताइन् ।

काठमाडौंमा चार हजार कुकुरको बन्ध्याकरण गर्न बाँकी छ। बयस्क कुकुरको गर्न नमिल्ने भएकोले अन्य कुकुरको मनुमित्र नगर्ने जानकारी दिइन्। सामुदायिक कुकुरको बढी संख्या टेकु, विष्णुमती, इन्द्रचोक र वीर अस्पताल क्षेत्रमा रहेको उनको भनाइ छ।

सडकमा छाड्छन् कुकुर

काठमाडौंका घरबेटीका कारण सामुदायिक कुकुर बढिरहेका छन्। कुकुरको मूल्य महँगो छ। किनेर ल्याएका कुकुरको पनि लामो समय स्याहार गर्न सक्दैनन्। स्याहार गर्न नसकेपछि सडकमार छोड्ने प्रवृत्तिले महानगरलाई समस्यामा पारेको छ।

बन्ध्याकरणका लागि औषधि खरिद भएपछि गत वर्षबाट यो काम थालिएको सापकोटाले बताइन्। तीन वर्षमा सकिनुपर्ने कार्यक्रम स्थानीय र संघीय चुनावले केहीपछि धकेलिएको उनको भनाइ छ।

'६ महिनाभित्र कामपाका सबै कुकुरको बन्ध्याकरण भइसक्छ', उनले भनिन्, 'करिब ७२ लाख रुपियाँ बराबरको औषधि खरिद सम्झौता अनुसार हालसम्म करिब ३१ लाख रुपैयाँको औषधि उपलब्ध भइसकेको छ।'

सापकोटाले महानगरले चाँडै कुकुरको सही तथ्याङ्क राख्ने प्रणाली सञ्चालनमा ल्याउन लागेको बताइन्। योसँगै मनुमित्रको काम पनि सकिने सापकोटाले बताइन्। महानगरले कुकुर व्यवस्थापन गरेर सहरको सुन्दरता बचाउन उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.