|

संखुवासभा : विश्वको पाँचौँ अग्लो हिमाल मकालु आरोहण गर्ने क्रममा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा एक नेपाली र दुई भारतीय भएको बताइएको छ।

शुक्रबार मकालु हिमाल चडेर फर्केने टोलीलाई उद्दार गर्न गएका मकालु गाउँपालिका २ का निमा तेन्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मीमबहादुर लामाले जानकारी दिए। त्यस्तै मकालु हिमाल आरोहण गरेर क्याम्प ४ मा आइपुग्न लाग्दा लडेर दुई भारतीय नागरिकको मृत्यु भएको बताइएको छ। उनीहरूको जेठ २ गते मृत्यु भएको हो।

मृत्यु हुनेमा ५४ वर्षीय  डिपंकर गैड्स र  र ३५ वर्षीय नारायण सिंह भएको बताइएको छ। उनीहरूको शव पोष्टमार्टमका लागि सोलुखुम्बु लगिएको छ। मकालुका निमा तेन्जीको शव पोष्टमार्टमाका लागि आइतबार हेलिकाेप्टर बाट जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.