|

काठमाडौं : पेरुमा ८ म्याग्निच्यूडको भूकम्प गएको छ। आइतवार दिउँसो उत्तरी पेरुलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जानकारी दिएको छ । 

पेरुको आपतकालिन विभागले भने यो भूकम्पको मापन ७.२ म्याग्निच्यूड मापन गरेको समाचार एजेन्ससी एसोसियट प्रेसले जनाएको छ । भूकम्पपछि प्रशान्त सुनामी चेवानी केन्द्रले सुनामीको कुनै पनि सम्भावना नरहेको जानकारी दिएको छ

यो भूकम्प पेरुको स्थानीय समयानुसार बिहान २ बजेर ४१ मिनेटमा गएको हो । पृथ्वीको सतहभन्दा ११४ किलोमिटर तल गएको यो भूकम्पको केन्द्रबिन्दु देशको उत्तरी सहर युरीमाग्युयासबाट १५८ किलोमिटर पूर्वउत्तरमा रहेको छ। 

पेरुको आन्तरिक मन्त्रालयले ट्वीटरमा पोस्ट गरेका तस्बिरमा कयौँ भवन, सडक र अन्य पूर्वाधार भत्किएको देख्न सकिन्छ। पेरुका सरकारी निकायले भूकम्पपछि क्षतिको विवरण संकलनलाई तीब्र पारिरहेका छन्।भूकम्पपछि प्रभावित क्षेत्रमा विद्युत सेवा ठप्प भएको छ ।

पेरुका राष्ट्रपति मार्टिन भिज्काराले भनेका छन्। ‘हामी क्षतिको मूल्याङ्कन गरिरहेका छौँ। सबै नागरिकलाई मानवीय तथा भौतिक क्षतिबारे जानकारी दिन अपिल गरेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.