|

रुकुम : रुकुम पश्चिममा रहेको जिल्ला अस्पताल सल्लेको स्वरुप फेरिएको छ। जीर्ण बनेको अस्पताललाई नयाँ जीवन दिन भौतिक संरचना मर्मतको काम गरिएको हो। झण्डै ३१ वर्षपछि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पतालको भौतिक संरचना मर्मत, सेवा सुधार तथा उपकरण खरिदका लागि भनेर ६० लाख बजेट दिएपछि अस्पतालले नयाँ स्वरुप पाएको हो।

बजेटले भवनका जस्ता फेर्न, भित्तामा पलाष्टर गर्ने, टायल विछ्याउने तथा सडक निर्माणको काम गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुन्दर ओलीले जानकारी दिए।

अस्पतालको अन्तरंग, प्रयोगशाला र अप्रेशन कक्ष रहेको भवनको जस्ता फेरिएको छ। यी तीनवटै भवनको भित्री भित्तामा पलाष्टरको साथै भुइँमा टायलिङ र माथिपट्टि फर्सिलिङ गर्ने अन्तिम चरणमा पुगेको छ। काम सम्पन्न गरेर केही भवन हस्तान्तरण समेत भइरहेको र बाँकी पनि केही सातामै सम्पन्न भएर हस्तान्तरण हुने समिति अध्यक्ष ओलीको भनाइ छ। आकस्मिक कक्ष र प्रसूति गृहमा पनि भुइँमा टायलिङ तथा माथिपट्टि फर्सिलिङ गरिएको छ।

‘मैले अस्पताल व्‍यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी पाएदेखि अस्पतालको स्वरूपसँगै बिरामीहरूलाई राम्रो सेवा दिन लागिपरेको छु’ अध्यक्ष ओलीले भने, ‘म अस्पतालमा जीम्मेवारीसहित आउँदाको र जाँदाको अवस्थामा निकै परिवर्तन हुनेछ।’

०४५ मा त्यतिबेलाको जनसंख्यालाई मध्यजनर गरी स्थापना गरिएको अस्पतालको संरचना लामो समयसम्म पुनःसंरचना गरिएको थिएन। अस्पतालको भौतिक संरचना पुनःनिर्माण र नयाँ प्रविधिहरू थपिएपछि अस्पतालको सेवा थप प्रभावकारी भएको अस्पतालका डा. महेश चौलागाईंले बताए।

मर्मतपछिको सल्ले अस्पतालका केहि दृष्य :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.