|

जाजरकोट : नेत्रविक्रम चन्द विप्लव समुहका कार्यक्रताले जाजरकोटको भेरी नगरपालिका–७ मा बन्दको दिन विद्यालय खोलेको भन्दै स्थानीय बुद्धि शाही र नरेश शाहीलाई कुटपिट गरेका छन्।

आफ्नो पाटीले गरेको बन्द अटेर गर्दै सरस्वती प्राथमिक विद्यालय सञ्चालन गरेको आरोप लगाउदै खड्क सिंहको नेतृत्वमा आएको टोलीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।  

विप्लव कार्यकर्ता सिंहको नेतृत्वको १२ जना भन्दा बढीको समुहले आक्रमण गर्दा नरेश शाही गम्भिर घाइते भएका छन् । बुद्धि शाही सामान्य घाइते भएको फोनमा जानकारी आएको जाजरकोट प्रहरी प्रमुख श्याम खत्रीले बताए।

घटनापछि जगतीपुर प्रहरी कार्यालयबाट, सदरमुकामबाट सशस्त्र प्रहरी र नेपाल प्रहरी त्यहाँ परिचालित भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.