|

दैलेख : जिल्ला सदरमुकाम स्थीत मेगा बैँकमा कार्यरत सुरक्षागार्ड प्रमुखले आत्महत्या प्रयास गरेका छन् । 

दैलेखको नौमुले गाउँपालिका ६ घर भएका ४७ वर्षीय हस्तबहादुर रानाले आफ्नै पेटमा खुकुरी हानेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेम क्षत्रीले बताए । 

प्रहरीका अनुसार मानसिक सन्तुलन ठीक नभएका कारण उनले आत्महत्या प्रयास गरेको हुन सक्ने बताइएको छ । 

सोमवार राति बैंक शाखा प्रबन्धक मञ्जु चन्दलाई कसैले आफुमाथि आक्रमणको प्रयास गरेको फोन गरेपछि जिल्ला प्रहरीको टोली बैंक पुगेको थियो। त्यहाँ केही नभएको पाएपछि प्रहरी फर्केलगत्तै गार्डले आफैँलाई खुकुरी रोपेर हत्याको प्रयास गरेको बताइएको छ । 

आफुले सुरक्षार्थ भिरेको खुकुरीले पेटमा हानेर ३ इन्च गहिरो घाउ भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.