|

इलाम : प्रिमियर लिगको बढुवाको लागि सोमबार राति पुर्व चेल्सी स्टार फ्रान्क लाम्पार्डको टोली डर्बी काउन्टी र एस्टन भिल्ला आमनसामने भएका थिए । 

च्याम्पिनयसिपको प्ले अफमा सवैको ध्यान एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रिलिसले खिचे । च्याम्पियनसिपअन्तर्गत प्लेअफको खेल जितेमा भिल्ला ३ वर्षपछि माथिल्लो डिभिजनको लिग प्रिमियर लिगमा फर्कने पक्का थियो । तर यस्तो महत्वपूर्ण खेलमा ज्याक फाटेको पुरानो सेतो जुत्ता लगाएर मैदान उत्रिँदा सबैको ध्यान उनीमाथी थियो ।

‘केही वर्षअघि म घाइते भएँ । लामो समयपछि मैदान उत्रिएको थिएँ । चोटबाट फर्किएपछि नयाँ जुत्ता लगाएर मैदान उत्रिएँ । मैले त्यो जुत्ताबाट केही गोल गरेँ भने गोलका लागि पास पनि दिन सकेँ,’ उनले प्लेअफको खेलमा फाटेको जुत्ता लगाउनुको कारण खुलाए ,'मलाई लाग्यो यो जुत्ता मेरो लागि भाग्यमानी छ । त्यसैले मैले यो जुत्तालाई सम्हालेर राखेको थिएँ। अनि आज लगाएको हुँ।’

खेलमा उनले फाटेको जुत्ताले केही गोलका प्रयास गरे तर सफल भएनन् । एस्टनभिल्‍ला डर्बीमाथि २–१ को जित निकाल्दै बढुवा भयो ।

भिल्लाको जितमा अनवर अल गाजी र जोन म्याकगिनले गोल गरे भने डर्वीका ज्याक म्यारिटोले सान्तवाना गोल फर्काए । एस्टन भिल्ला २०१५/१६ को सिजनमा रेलिगेसनमा परेको थियो ।

त्यतिबेला एस्टन भिल्लाले ३८ खेलमा मात्रै १७ अंक जोडेको थियो । भिल्ला अघिल्लो सिजन पनि प्रिमियर लिगको बढुवा नजिक पुगेको थियो । च्याम्पियनसिपको प्ले अफ फाइनलमा एस्टन भिल्ला फुलहमसँग पराजित हुँदा प्रिमियर लिगमा बढुवाबाट रोकिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.