|
फाइल फोटो: गत वर्ष अर्थमन्त्री संसदमा बजेट पेश गर्न जानेक्रमको

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको भाषागत तयारी सकेको छ। तर कतिपय कार्यक्रमहरुका अंक निकाल्ने र थप्ने क्रम जारी छ।

अर्थ मन्त्रालयका उच्च अधिकारकरीहरू राति अबेरसम्म र कतिपय अधिकारीहरू मन्त्रालयमै बस्ने गरी कपडा बोकेर सिंहदरबार गएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडासहित झण्डै २४ जना अधिकारीहरू अबेरसम्म अर्थ मन्त्रालयमै छन् । 

बजेट तर्जुमामा जुटेको टिमका ६ सहित कानुन, राजस्व तथा बजेट महाशाखाका सहसचिव र उपसचिवहरू यतिखेर बजेटको अन्तिम संशोधनमा जुटेका छन् । अर्थ मन्त्रालयको छतमा सबै टिमले खाना खाएर बजेट निर्माणमा जुटेका छन्। अर्थ स्रोतका अनुसार बजेटको अंक १५ खर्ब २५ अर्ब रूपैयाँ नाघ्‍ने देखिएको छ।

बजेटको  रूपमा राजस्व स्रोत करिब २० प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखिएको छ। चालु आर्थिक वर्षको संशोधित राजस्व अनुमानलाई हेर्दा २० प्रतिशत बढाएको अवस्थामा नौ खर्ब ६० अर्ब भन्दा बढी राजस्व स्रोत राख्नुपर्ने हुन्छ । त्यस्तै वैदेशिक ऋण तथा सहायतातर्फ तीन खर्ब ६६ अर्ब र झण्डै दुई खर्बको आन्तरिक ऋण  उठाउने अनुमान गरिएको छ। यसो हुँदा जम्मा स्रोत १५ खर्ब २७ अर्ब रूपैयाँ हुन आउँछ।

यो अंकको आधारमा कार्यक्रम बनाउँदै गरिरहँदा अर्थमन्त्री खतिवडा बजेटको मस्यौदा एक पटक पढेर मन्त्रालयबाट निस्कने भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.