पक्राउ परेकालाई रिहा गर्न माग

|

चितवन : गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला परिसरमा लगाइएको बार भत्काउने असन्तुष्ट स्थानीयले धर्ना सुरु गरेका छन् । 

रंगशाला परिसरको सडक निकास र पक्राउ परेकाको रिहाई माग गर्दै उनिहरु भतपुर महानगरपालिका-१६ को कार्यलयमा आइतवारबाट धर्नामा बसेका हुन् । 

आफ्ना माग सम्बोधन लागि दवाव दिन अनिश्चितकालीन धर्ना सुरु गरिएको १६ न वडाका असन्तुष्ट स्थानीय रामचन्द्र वस्ताकोटीले बताए । उनले माग सम्बोधनका लागि पटकपटक छलफल गरे पनि सम्बन्धित पक्षले चासो नदिएको आरोप लगाएका छन् । 

यस्तै आक्रोशमा आएर तारबार भत्काएपछि आफूहरु पीडित रहेको स्थानीय चन्द्रकला रामदामको भनाई छ । उनले समय छँदै समस्या सम्बोधन नभए सुकुम्बासी हुने सम्भावना रहेकाले माग पुरा नभएसम्म धर्ना जारी राख्ने बताइन्।

धर्नामा बसेकाले पक्राउ परेका १८ जनालाई विनासर्त रिहा गर्न माग गरेका छन् । उनीहरुले पक्राउ परेकालाई बिनासर्त रिहा गर, रंगशाला बनाउनैपर्छ, बाटोको माग सम्बोधन गर लगायत लेखिएका प्लेकार्डसहित धर्ना थालेका हुन्।

यसैबीच १६ न वडा अध्यक्ष चतुरमान गुरुङले स्थानीयको माग महानगरमा पुगिसकेकाले वडाबाट केही गर्ने अवस्था नभएको बताएका छन् । 

गत बुधवार असन्तुष्ट स्थानीयले रंगशाला परिसरमा लगाइएको जस्तापातासहितको बार भत्काएपछि धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण स्थगित गरको थियो । त्यसपछिका छलफलबाट निर्माण नरोक्ने र स्थानीयले सहयोग गर्ने प्रतिवद्धता जनाइए थियो। त्योसँगै निर्माणकार्य सुरु भए पनि असन्तुष्ट स्थानीयले वडा कार्यालयमा धर्ना सुरु गरेका छन । 

यसअघि शनिवार विहान महानगर प्रमुख रेणु दाहालले रंगशाला परिसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्थानीयको भावनाविपरित महानगर अघि नबढ्ने आश्वसन दिएकी थिइन्। । भरतपुर महानगरपालिका–१५ रामपुरमा बन्ने रंगशाला निर्माणपूर्वका विभिन्न काम भइरहेको छ। यससँगै देश तथा विदेशमा आर्थिक संकलन अभियान जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.