|

रौतहट : मुस्लिमहरूको पवित्र पर्व इद मनाउनका लागि चन्दा नदिएको भन्दै मस्जिदमा नवाज पढ्न गएका रौतहटको राजपुर नगरपालिकाका नगर प्रमुखमाथि हातपात भएको छ। मंगलाबार राति राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिललाई स्थानीयको एक समूहले राजपुरको मह्मुदिया मस्जिदमा कुटपिट गरिएको हो। स्थानीय युवाहरूले इदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा सहयोग माग गरेका थिए।

पहिले पनि नगरपालिकाले धार्मिक कार्यक्रमहरूमा सहयोग गर्ने गरेको र तर यस पटक इदको अघिल्लो दिन मंगलबारसम्म पनि मेयरले सहयोग रकम नदिएपछि आक्रोशित बनेका शेख कासिमलगायत व्यक्तिहरूले नगर प्रमुख सकिलमाथि आक्रमण गरेको थियो।

अहिले पैसा छैन भोलि दिन्छु भन्दा कुटे

मस्जिदमा नवाजका लागि गएको बेला स्थानीयले आफूसँग सहयोग रकम माग गरेको र अहिले खल्तीमा पैसा नभएकोले सहयोग रकम भोलि दिन्छु भन्दा केही व्यक्तिहरूले टर्चले टाउकोमा प्रहार गर्दै कुटपिट गरेको नगर प्रमुख सकिलले बताए। टाउकोमा चोट लागेका उनी उपचारपछि घर फर्किएका छन्।

आक्रमणकारीको पहिचान भइसक्यो पक्राउ गर्छौं

राति राजपुरको मस्जिदमा नवाज पढन गएका नगर प्रमुखमाथि हातपात भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिएका छन्।

सकिलको टाउकोमा चोट लागेको र गौर अस्पतालमा सामान्य उपचार र वीरगंजमा थप उपचारपछि उनी घर फर्किसकेको कार्कीले बताए। नगर प्रमुख सकिलमाथि आक्रमण गर्नेको पहिचान भएको र खोजी कार्य जारी रहेको प्रवक्ता कार्कीले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.